१६ आश्विन २०८०, मंगलवार

सम्झना हत्या : अभियुक्तका बुवाले भने, ‘छोराले अपराध गरेको भए फाँसी दिए हुन्छ’



१३ असोज, बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज (मंगलबार) सार्वजनिक गरेको हो ।

यही असोज ७ गते मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो ।

अभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण रहेको जिकिर गरे । अभियुक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन् । आरोपितका बुवा वीरबहादुरले आफ्नो छोराले अपराध गरेको भए फाँसीको सजाय दिन सकिने भए पनि दिनुपर्ने बताएका छन् ।
(रासस)

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको