ट्युसन शुल्क तिर्न नसकेर १६ वर्षमै गाडी मिस्त्री
१३ असोज, कालिकोट । भनिन्छ नी शब्दले व्यक्त गर्न नसक्ने कतिपय कुराहरू तस्बिरले बोलिदिन्छ ।
यि १६ वर्षीया युवकलाई एक झमक नियाल्ने हो भने रहर, सपना र चाहनालाई बाध्यताले जितेको ठम्याउन त्यति गाह्रो नपर्ला ।
ट्युशन शुल्क तिर्न नसकेर १६ वर्षमै गाडी मिस्त्री काम शुरू गरेका शुभकालिका गाउँपालिका वडा नम्बर ४ सुकाटिया कालीकोटका खेमराज चौलागाईंको दैनिकी गाडिका किलाकाटा मिलाउदै बित्ने गरेको छ ।
नाबालकमै मिस्त्री काम शुरु गरेका चौलागाईंले आफ्नो पढाई खर्च यहिँबाटै जुटाउँदै आएका छ ।
(रासस)