२२ जेष्ठ २०८०, सोमबार

ब्रोइलरलाई मेहेन्दी लगाएर लोकल बनाउने ४ भारतीय पक्राउ



१३ असोज, काठमाडौं । ब्रोइलर चल्लालाई विभिन्न रङ (मेहेन्दी) लगाएर लोकल, कोइलर, गिरिराजका चल्ला भन्दै विक्री वितरण गर्ने चार भारतीय पक्राउ परेका छन् ।

ब्रोइलरका चल्लालाई रङ लगाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलङ्कीबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक प्रेमसिलादेवी जयसवाल, वकील खान, सुनिता जयसवाल, चन्दादेवी शाह रहेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिएका दिए ।

उनीहरूले चितवन लगायत विभिन्न जिल्लाबाट ब्रोइलरको चल्ला ल्याइ रङ लगाएर लोकलको मुल्यमा विक्री गर्ने गरेको खुलेको छ । कम मूल्यका चल्लालाई रङ लगाएपछि प्रतिगोटा १५० सम्ममा विक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट यसरी रङ लगाएका झण्डै ४ हजार र रङ लगाउने तयारीमा राखिएका २४ हजार चल्ला समेत बरामद गरेको छ । प्रयोग गरिएका मेहन्दीका खोल र प्रयोग गर्न राखिएको मेहेन्दीका पोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरी ठगी मुद्दामा रहरीले कानुनी अनुसन्धान शुरू गरिएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको