२० श्रावण २०७८, बुधबार

हुम्लाको लिमीस्थित टाक्चीमा सशस्त्रको पोष्ट बस्ने तयारी



मर हुम्ली

१२ असोज हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुने भएको हो ।

हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय अन्र्तराष्ट्रियस्तरमा चर्चा र परिचर्चामा भइरहेका बेला समुन्द्री सतहभन्दा ४ हजार मिटरभन्दा अग्लो स्थानमा रहेको टाक्चीमा सशस्त्रको पोष्ट स्थापना गर्न लागिएको छ ।

हुम्लाको उत्तरी नाका हिल्सामा पनि असार ६ गते बीओपीको पोष्ट स्थापना भइसकेको छ । हाल हिल्सामा इन्स्पेक्टर सुरज केसीको कमाण्डमा २२ जना सशस्त्र सुरक्षाकर्मीको समूह सिमा क्षेत्रमा तैनाथ छ । हिल्सामा कम्पाउण्डसहितको ९ कोठे पक्की भवनमा सशस्त्र बसेको छ । समुद्री सहतहदेखि ३ हजार ६ सय मिटर उचाइमा रहेको उक्त पोष्टमा हिउँदमा पनि सशस्त्र त्यहीँ बस्ने बताइएको छ ।

पछिल्लो समय कर्णालीका तीन उत्तरी नाकामा सशस्त्रको पोष्ट स्थापना गर्ने तयारी अन्तिम अवस्थामा पुगेको सशस्त्रको सुर्खेतस्थित महेश्वरी बाहिनीले जनाएको छ ।

बाहिनीका अनुसार हाल हुम्ला लिमीको टाक्ची, मुगुको नाग्चेनाङ्ला र डोल्पाको तिन्जे नाकामा सशस्त्र पोष्ट राख्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

हुम्लामा मात्र नेपाल चीनको २ सय ६२ किलोमिटर लामो सीमारेखा छ । त्यहाँ १० वटा सीमास्तम्भ छन् ।

यो नाकाबाट विशेषगरी जडिबुटी तथा वन्यजन्तुका अङ्गहरूको अवैध रूपमा ओसारपोसार हुने गरेको सशस्त्रका प्रहरीको हुम्ला स्रोतले बताएको छ । यसका अलवा ‘फ्रि तिब्बत’ का समर्थक तिब्बतीहरू नाका भएर बाहिरिने चुनौती पनि रहेकोले पनि यहाँ सशस्त्र पोष्टको उपस्थिती जरूरी देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु