१३ जेष्ठ २०८०, शनिबार

कोरोना पोजेटिभ भएको थाहा पाउदा पनि प्लेन चढेर हुम्ला पुगिन् १ महिला, २ पुरूषमा कोरोना पुष्टि



समर हुम्ली

१२ असोज, हुम्ला । कन्ट्याक्ट ट्रेसिङमार्फत् गरिएको कोरोना परिक्षणपछि सिमकोटको अर्ध सरकारी कार्यालयका दुई पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरू असोज ३ गते शनिबार नेपालगञ्जको राँझाबाट सुमीट एयरको विमानमा आएकी २३ वर्षीया कोरोना पोजेटिभ महिलासँगै हुम्लाको सिमकोट आएका थिए ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाव संकलन गरी कर्णाली प्रदेश अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ३५ वर्ष र ३९ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएका छन् । उनीहरूको ठेगाना सिमकोट गाउँपालिका वडा नम्बर ५ लेखिएको छ ।

२३ वर्षीया गोठी गाउँकी महिलालाई कोहलपुर शिक्षण अस्पतालमा स्वाव परिक्षण गर्दा भाइरस सङ्क्रमण देखिएको थियो । तर आफ्नो मोबाइलमा कोरोना पोजेटिभ देखिएको म्यासेज आउँदा समेत कसैलाई जानकारी नदिई उनी हवाईजहाजमा सिमकोट पुगेकी थिइन् । त्यहाँ गएर पनि उनी सिमकोटका विभिन्न क्षेत्रमा डुलेको थाहा पाएपछि कोरोना संक्रमणको त्रासले स्थानीयहरू चिन्तित देखिएका छन् ।

पहिलो चरणमा संकलन गरिएको ३६ वटा स्वावमध्ये दुई जनाको परिक्षण नतिजा पोजेटिभ आएको छ ।

लामो समयसम्म ग्रीन जोनको रूपमा रहेको हुम्ला अब विस्तारै रेड जोनतिर जान लाग्दा सचेतना अपनाउनु पर्ने देखिएको छ । अब हिमाली बस्तीमा चीसो पनि बढ्दै गएकाले यसको जोखिम बढ्न सक्ने चिन्ता आम मानिसमा बढ्दै गएको छ ।

हुम्लामा सर्केगाड गाउँपालिका ५ गोठी गाउँकी २३ वर्षकी महिलालाई पहिलो पटक कोरोनो पोजेटिभ देखिएको हो । केही दिन अघिमात्र नेपागञ्जमा १२ वर्षका बालकमा पनि पोजेटिभ देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको