१० आश्विन २०७८, आईतवार

दन्किएको नेकपा विवाद सेलाउने सङ्केत, कार्यदलले ३ दिनभित्र प्रतिवेदन बुझाउने



३ भाद्र, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा झाँङ्गिदैगएको विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले शुक्रबारसम्म प्रतिवेदन बुझाउने भएको छ । कामको थालनी गरिसकेकोले शुक्रबारसम्म प्रतिवेदन बुझाउने कार्यदलका सदस्यले बताएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बिहिबार छलफल भएपछि महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सम्मिलित कार्यदल गत शुक्रबार गठन गरिएको थियो ।

तर वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षले मात्रै गठन गरेको कार्यदल वैधानिक नहुने धारणा राखेपछि कार्यदलले आइतबार र सोमबार काम गर्न सकेन ।

सोमबार बसेको सचिवालय बैठकले ६ सदस्यीय कार्यदल विना फेरबदल अनुमोदन गरेपछि कार्यदललाई सहज रूपमा कार्य सम्पादन गर्न मार्ग प्रसस्त भएको छ । मङ्गलबारदेखि काम सुरु भएकोले तिन दिन भित्र प्रतिवेदन बझाउन सम्भव देखिएको कार्यदलका एक सदस्यले बताए ।
कार्यदलले शुक्रबार नै प्रतिवेदन बुझाउन सकेको अवस्थामा ओली र प्रचण्डबीच थप सहमतिका लागी शुक्रबार छलफल हुने बताइएको छ ।

कार्यदलले मन्त्रीमण्डल पुनर्गठन, महाधिवेशन कार्यतालिका, स्थायी समिति बैठकमा उठेका एजेण्डासहित, बागमति प्रदेश र प्रदेश नम्बर १ का मुख्यमन्त्री फेरबदल गर्न सुझाव दिने बताइएको छ । कार्यदलले दिएको सुझावमा एकमत भएर ओली, प्रचण्ड पार्टी विमान हाक्न तयार भए दन्किएको नेकपा विवाद सेलाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको