१७ वर्षीया दलित बालिका बलात्कारको आरोपमा ३ जना पक्राउ
लिलाजङ्ग शाही
१२ असोज, कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका बलात्कार आरोपित् ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया दलित बालिकालाई बलात्कार गरेको आरोपमा आइतबार उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका वडा नम्बर ७ कुइनेका २३ वर्षीय भरत माझीलाई किटानी जाहेरी गरी मुद्दा दर्ता गरिएको छ । त्यस्तै बलात्कार गर्न सहयोग गरेको आरोपमा चन्द्रबहादुर बोहरा र उपेन्द्र भुललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।
गएको २०–२५ दिनको अन्तरालमा दलित समुदायमा ४ वटा बलात्कारका घटनाहरू भएका छन् । मोहन्याल गाउँपालिका वडा नम्बर ६ मा २ र ७ मा २ गरी ४ दलित बालिकाहरू बलात्कृत भएका छन् ।