३ आश्विन २०८०, बुधबार

कतारबाट घरबिदामा आउदा लकडाउनमा परे, अनि सुरू गरे ६० लाखको कालिज फर्म



यमुना राना

१२ असोज, काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको प्रभाव हामीले पनि खेपिरहेका छौं । हालसम्म कुनै भ्याक्सिन् प्रतिपादन भइनसकेको अवस्थामा मानव अस्तित्वमै प्रश्न खडा गरिरहेको कोरोनाको प्रभाव आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नु अस्वभाविक भएन । अझै जटिल कुरा त यसको प्रभाव विश्वले केहिलेसम्म भोगीरहनु पर्ने हो भन्ने एकिन् विश्व स्वास्थ्य संगठनले पनि गर्न सकेको अवस्था छैन ।

नेपालमा कोरोना भाइरसको दोश्रो संक्रमित फेला परेको भोलिपल्ट चैत्र ११ गतेदेखि बन्दाबन्दी अर्थात् लकडाउन गरिएको थियो । झण्डै ४ महिनासम्म भएको लकडाउन र त्यसपछिका निषेधाज्ञाका कारण हरेक क्षेत्रमा कोरोना प्रभाव परिरहेका बेला केहि सिर्जनशील युवाले अवसरका रूपमा ग्रहण गरिदिए ।

यस्तै कोरोना असरलाई अवसरको खोजी गर्ने युवाहरु मध्येका एक हुन् भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ का २७ बर्षीय सुशील न्यौपाने । आजभन्दा ६ बर्ष अगाडि रोजगारीको सिलसिलामा कतार पुगेका न्यौपानेले प्रतिष्ठित कतार एयरवेजमा काम गर्न थाले । त्यहाँको आम्दानी र सेवा सुविधाबाट सन्तुष्ट सुशिल नियमित घरविदामा नेपाल आउँदा लकडाउन सुरू भयो । कोरोनाको असरलाई अवसरका रूपमा उपयोग गर्ने जुक्ति मानस्पटलमा उत्पादन भएपछि सुरू गरे कालिज व्यवसाय !

जागरूक युवा सुशिललाई यसअघि पनि नेपालमै केही गर्न सकिन्छ भन्ने सोच नआएको भने होइन । उनले भने, ‘विदेश न जाँदा मात्र जाउँ–जाउँ लाग्ने रहेछ । तर विदेश गइसकेपछि आफ्नै जन्मथलोमा केही गर्न पाए त कति जाति हुन्थ्यो नि भन्ने सोचले जहिले पनि पिरोलिरहन्थ्यो ।’ संयोग नै भनौं कोरोना महामारीका कारण गरिएको लकडाउनले सुशीलको सपनालाई सार्थक बनाउन मद्धत पुर्यायो ।

हाल सुशीलले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित दधिकोटमा आफ्नै पुख्र्यौली साँढे ५ रोपनी जमिनमा कालिज फर्म बनाएका छन् । लकडाउनकै अवधिमा बैशाख ८ गतेदेखि स्थानीय श्रोत–साधन अनि जनशक्ति प्रयोग गरेर उनले फार्म निर्माण गरे । सुरुमा ३२ लाख रूपैयाँबाट सुरू गरेको उक्त फार्म हालसम्म झण्डै ६० लाख लगानी भएको छ । जहाँ अहिले ४ सय संख्यामा पालिएका कालिज हुर्कदै छन् ।

हाल सुशीलले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित दधिकोटमा आफ्नै पुख्र्यौली साँढे ५ रोपनी जमिनमा कालिज फर्म बनाएका छन् । लकडाउनकै अवधिमा बैशाख ८ गतेदेखि स्थानीय श्रोत–साधन अनि जनशक्ति प्रयोग गरेर उनले फार्म निर्माण गरे । सुरुमा ३२ लाख रूपैयाँबाट सुरू गरेको उक्त फार्म हालसम्म झण्डै ६० लाख लगानी भएको छ । जहाँ अहिले ४ सय संख्यामा पालिएका कालिज हुर्कदै छन् । सशिल भन्छन्, ‘यो व्यवसायमा तत्काल फाइदा हुँदैन, केही समय धैर्यता कायम गर्न सक्यो भने दिर्घकालमा राम्रै आम्दानी गर्न सकिन्छ भन्ने लाग्छ ।’

नेपालका थुप्र्रै युवाहरू रोजगारीको शिलशिलामा विदेश भौतारिरहेका बेला सुशीलले सुरू गरेको कालिज व्यवसाय एउटा राम्रो उदाहरण बन्न सक्दछ । यदि तपाईसँग इच्छाशक्ति, सिर्जनशीलता र लगनशीलता छ भने नेपालमै पनि केही गर्न सकिन्छ भन्ने सोचलाई सुशीलको यो व्यवसायले सुझबुझसहितको हौसला प्रदान गर्न सक्दछ । पछिल्लो समयमा कोरोना महामारीका कारण विश्व श्रम बजार धरासयी बन्दै गएको बेला सुशिलले जस्तै आफ्नै भूमिमा केही गर्न लागिपर्ने पो हो कि ?


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको