११ असार २०७९, शनिबार

नेपाल–चीन सिमा सन्दर्भ : हुम्लाको लाप्चा सीमा एकीन गर्न विज्ञ टोलीको माग

समर हुम्ली

१२ असोज, हुम्ला । पछिल्लो समय चर्चामा आएको र ल्याइएको लिमीको लाप्चा क्षेत्रको सीमाको अन्तराष्ट्रिय रेखा एकिन गर्नका लागि हुम्लामा विज्ञ टोलीको माग गरिने भएको छ । यसबाट दुई देशबीचको सिमा व्यावहारिक र सैद्धान्तिक रूपमै समाधान गर्न विज्ञ टोलीको माग गरिने भएको हो ।

नाम्खा गाउँपालिकाको लाप्चा भञ्ज्याङ्गलाई नेपालकै उत्तरी बिन्दु मानिएको छ । यहाँको दुई देशीय भूमिको आधार रेखा र क्षेत्र ऐतिहासिक कालखण्डदेखि वर्तमानसम्म सामरिक, सामाजिक, भौगोलिक, राजनीतिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण रहेको छ । ययसकारण पनि पछिल्लो समय हुम्लास्थित लिमीको सीमा सवालको बारेमा व्यापक चर्चा परिचर्चा भएको हुम्लाका सामाजिक अध्येताहरूको विश्लेषण छ ।

हुम्लाका विभिन्न राजनीतिक दलहरू, स्थानीय प्रशासन र सुरक्षा निकायहरू र अन्य आम सरोकारवालाहरूले पनि लाप्चा सिमा विवादलाई निष्कर्षमा पुर्याउनु पर्ने विषयमा एकमना देखिएका छन् । यद्यपी, लिमीको लाप्चा सीमा प्रयोग र विवादित विषयलाई टुङ्गो लगाउने सवाललाई स्थानीय प्रशासनले हल्का रूपमा बुझिदिदा समस्या आएको स्थानीय प्रशासनका एक उच्च अधिकारीले जानकारी दिएका छन् । उनले भने ‘राष्ट्रको अस्मितासँग जोडिएको यस्तो संवेदनशील विषयमा विचारै नगरी बोल्नु भनेको आगोको भुङ्ग्रोमा आफ्नो टाउको खनाउनु जस्तै हो ।’

हुम्लाको सदरमुकाम सिमकोटबाट वर्षाको समयमा उच्च पठार क्षेत्र भएको सिमास्थल लाप्चा पुग्न मात्र हप्ता दिन लाग्छ । प्रशासन तथा अन्य जिम्मेवार निकायले प्रत्येक वर्ष सरकारले तोकेको नीति निर्देशन र अन्य सीमा रिपोर्टिङ्गलाई भत्ता खाने माध्यम बनाउँदा यस्तो समस्या आएको स्थानीय जानकारहरूको अरोप छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली लाप्चा पुगेर फर्किएको आधा हप्ता हुँदा पनि गिरीले मुख खोलेका छैनन् । वि.सं. २०२३ सालबाट हालसम्म हुम्लामा ५७ जना सिडियो कार्यरत भइसकेका छन् । हालसम्म पनि सैद्धान्तिक रूपमा मात्र जिल्लाका कोठे बैठकहरूबाट नीतिगत जानकारी केन्द्रलाई दिने बाहेक समस्याको गाँठो फुकाउन प्रयत्न गरेको देखिदैन । यो सीमाको स्तम्भ छैन, त्यो सीमाको स्तम्भ छैन भन्ने चर्चा हुने गरेको छ तर स्थलगत अध्ययनसहितको न कुनै दस्तावेज छ, न कुनै जानकारी, न त स्थानीय सरोकारवालाले सीमाका नागरिकसँग समन्वय गरेको देखिन्छ ।

हुम्ला जिल्लामा वि.सं. २०३५ सालमा सीमा प्रशासन कार्यालय स्थापना भएर वि.सं. २०५० सालमा खारेज भएको थियो । हाल यी कार्यालयले सङ्कलन गरेका दस्तावेज कहाँ कस्तो अवस्था छन् भन्नेबारे नयाँ आउने सिडियो र अन्य कर्मचारीहरू पनि जानकार छैनन् ।

नेकपा केन्द्रीय सदस्य विजय भण्डारी प्रतिरोधले हुम्लाको उत्तरी सीमा एकीन गर्न विज्ञ टोलीको माग गर्नु उपयुक्त हुने बताएका छन् । विभिन्न दस्तावेजहरू हेर्दा र अध्ययन गर्दा हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको लाप्चा भज्याङ्गको ललुंगजोंङ, गबुदोचा, टाइलकुराप, च्याक्पालुंग, ठुइकु र अन्य क्षेत्रहरूको बारेमा दुबै देशका जिम्मेवार प्रशासक, स्थानीय नागरिक, सरोकारवाला र विज्ञ टोलीले एक पटक स्थलगत अध्ययन गरी उत्तरी सीमाको व्यावहारिक र सैद्धान्तिक जानकारी आदान–प्रदान गर्नु पर्ने आवश्यकता देखिएको छ । न कि दुबै देशलाई भड्काउने प्रोपागाण्डाको खेती ।

प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको