२० जेष्ठ २०८०, शनिबार

लम्की चुहा नगरपालिका ८ को विद्युत लाइन काटियो, गाउँ अन्धकार



लिलाजङ्ग शाही

१२ भाद्र, कैलाली । लम्की चुहा नगरपालिका वडा नम्बर ८ ‘न्यु कालिका ग्रामीण विधुत सहकारी संस्था’ को विधुत लाइन काटिएको छ । विद्युत महसुल बापतको ७ लाख ९९ हजार ९ सय १९ रूपैयाँ नतिरेपछि लाइन काटिएको विद्युत प्राधिकरण लम्की शाखाले जनाएको छ ।

गत बिहिबार ४ बजेदेखि लाइन काटिएको थियो । २०७७ भाद्र मसान्तसम्म बिधुत प्राधिकरणलाई बुझाउनु पर्ने ७ लाख ९९ हजार ९ सय १९ रुपैयाँ विद्युत महसुल समय मै नबुझाउदा अहिले जरिवानासहित करिव १० लाख रुपैयाँ पुगिसकेको छ ।

आन्तरिक विवादका कारण २०६९ सालदेखि ‘न्यु कालिका ग्रामीण विधुत सहकारी संस्था’ को वार्षिक साधारण सभासम्म हुन सकेको छैन । जगत भण्डारीको अध्यक्षतामा कार्यकारी समिति गठन भएको ८ वर्ष बितिसक्दा पनि नयाँ कार्य समिति चयनका लागि साधारण सभा बोलाइएको छैन । कार्यबाहक अध्यक्ष विर्ख कठायतले पटक–पटक साधारणसभा बोलाएर आर्थिक पारदर्शिता गर्न नयाँ नेतृत्व चयन लागि दबाब दिदा सकेत अटेर गरेको बालाराम भाट्ले बताए ।

सर्वसाधारण उपभोक्ता भन्छन्, ‘नियमित बिजुलि बिल तिरेका छौ । हाम्रो केही कमजोरी छैन, कार्यसमितिको मनोमानीले बत्तिको लाइन काटिएको छ ।’ गत बिहिबार देखि गाउँ अन्धकार छ, मोबाइल चार्ज, कुटानी, पिसानी र बत्तीबाट हुने सबै काम ठ्प्प भएको जिरा जैसीले बताए ।

विगत लामो समयदेखि नियमित साधारण सभा नहुँदा व्यापक भष्ट्राचार भएकोले पहिले आर्थिक पारदर्शिता, स्पष्ट हिसाब किताब देखाएर मात्र नयाँ कार्यसमिति बनाउनु पर्ने उपभोक्ता बल बहादुर भुलले बताए ।

अहिले लम्किचुवा नगरपालिकाले जिम्मा लिएर एक महिना भित्र जरिवानासहित १० लाख तिर्ने सहमति पछि विद्युत लाईन छोडिएको छ । विद्युत प्राधिकरण लम्की शाखाले तोकिएको समयभिभित्र महसुल बापतको रकम भक्तानि नगरे फेरी लाइन काट्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको