बारा दुर्घटना : बसले स्कुटरलाई ठक्कर दिदा एकै परिवारका ३ को मृृत्यु, चालक फरार
११ असोज, काठमाडौं । पूर्वतर्फबाट आइरहेको बसले बारामा स्कुटरलाई ठक्कर दिदा एकै परिवारका ३ जनाको घटानास्थलमै मृत्यु भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित ना. ४ ख ७२४४ नम्बर को बसले प्रदेश नं. २–०३–००४ प ४४४२ नम्बर स्कुटरलाई साढे ४ बजेतिर ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर १० का २५/२६ वर्षीय तिर्थमान स्याङ्थान, उनकी श्रीमती २२/२३ वर्षीया ज्योती स्याङ्तान र एक वर्षीय बालक रहेका छन् ।
दुर्घटनापछि फरारा बस चालकको खोजी भइरहेको प्रहरी नायब उपरिक्षक डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । दुर्घटना बारे थप अनुसन्धान भइरहेको पनि डिएसपी मिश्रले बताए ।
दुर्घटनामा परेका भएका सवारी साधनलाई इलाका प्रहरी कार्यालय सिमरा ल्याइएको प्रहरीले जनाएको छ ।