३ आश्विन २०८०, बुधबार

कोरोना आइसोलेशनमा छिर्नै लाग्दा क्याम्पस प्रमुख अग्रवालको निधन



११ असोज, काठमाडौं । कोरोना आइसोलेशनमा छिर्नै लाग्दा बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख बिनोद अग्रवालको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना आइसोलशनमा लैजाने क्रममा ५२ वर्षीय अग्रवालको शनिबार मृत्यु भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले फोक्सोको क्यान्सरबाट पीडित बर्दियाका ५२ वर्षीय अग्रवालको शनिबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भने, ‘स्वासप्रश्वामा जटिल समस्या देखिएपछि कोभिड आइसोलेशन जाने क्रममा अस्पतालको गेट छिर्नै लाग्दा क्याम्पस प्रमुख अग्रवालको मृत्यु भएको हो ।’

चार दिन अघि स्वाव परिक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि अग्रवाल बर्दियास्थित घरमै आइसोलेशनमा बस्दै आएका थिए । केहि दिन अघि मात्र दिल्लीबाट क्यान्सरको उपचार गराएर अग्रवाल घर फर्किएका थिए ।

अग्रवालसहित बर्दियाका कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ र सङ्क्रमित संख्या ६२० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको