प्रेरणादायी व्यक्तित्व : स्वामी चेतानन्द गिरीलाई सम्झँदा

मोहन शाही
११ आश्विन २०७७, आईतवार
वि. सं. २००७ सालको परिवर्तन पछि उहाँ नेपालको पश्चिमका धेरै जिल्लाहरूमा शिक्षाको माध्यमबाट जनताहरूमा जागरण ल्याउन लागिपर्नु भयो । पश्चिममा नै जानुको कारणका विषयमा उहाँले भन्नु भएको थियो– “बी.पी. कोइरालाले मलाई पश्चिमतिर शिक्षाको धेरै अन्धकार छ, जानुहोस् त्यहाँ गएर शिक्षा प्रचारको काम गर्नुहोस् भनी पठाएको हो । कतिपय मान्छेले यो कुरालाई राम्रो मान्दैनन् राजनीतिक रूपले हेर्दछन् ।”
स्वामी चेतानन्द गिरीले २००७ सालमा प्रजातन्त्र आएपछि मध्यपश्चिमका धेरै जिल्लाहरूमा निस्वार्थ भावले शिक्षा क्षेत्रमा अनवरत सेवा गर्नु भयो । हुम्ला, जुम्ला, दैलेख, कालीकोट र सुर्खेत जिल्लाको हकमा उहाँलाई शिक्षाको प्रणेता नै भन्दा फरक पर्दैन । वि.सं. १९६७ सालमा जन्मनु भएका स्वामी चेतानन्द जन्म ठाउँको विषयमा कुरा गर्न चाहनु हँुदैनथ्यो । जहाँसुकै जन्मेको भए तापनि आफू सेवा गर्नको लागि जन्मेको हुँ भन्नुहुन्थ्यो । जन्म स्थानको बारेमा २०६९ साल वैशाखमा पङ्क्तिकारले सोध्दा उहाँले भन्नु भएको थियो– “जन्मेको ठाउँ छोडेपछि योगी भइयो । मलाई यसको विषयमा कुरा गर्ने अधिकार छैन । यो हाम्रो संस्कार हो । सन्यासीलाई धर्म छैन कि कहाँ जन्मेको, कसको छोरा, कति भाइ–बहिनी यी यावत कुराहरूको कुनै मतलव छैन ।” ७–८ वर्षको उमेरदेखि पढ्न थाल्नु भएका स्वामी चेतानन्दले गुजरात विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन पूरा गर्नु भएको थियो ।
वि. सं. २००७ सालको परिवर्तन पछि उहाँ नेपालको पश्चिमका धेरै जिल्लाहरूमा शिक्षाको माध्यमबाट जनताहरूमा जागरण ल्याउन लागिपर्नु भयो । पश्चिममा नै जानुको कारणका विषयमा उहाँले भन्नु भएको थियो– “बी.पी. कोइरालाले मलाई पश्चिमतिर शिक्षाको धेरै अन्धकार छ, जानुहोस् त्यहाँ गएर शिक्षा प्रचारको काम गर्नुहोस् भनी पठाएको हो । कतिपय मान्छेले यो कुरालाई राम्रो मान्दैनन् राजनीतिक रूपले हेर्दछन् ।”
स्वामीले विशेषतः पश्चिमका जिल्लाहरू दैलेख, जुम्ला, हुम्ला, कालीकोट र सुर्खेतमा शिक्षाको ज्योति बाल्न ठूलो सङ्घर्ष गर्नु भयो । खेतीपाती गर्ने, गाई, वाख्रा, भैसी, पाली सुःखमय जिन्दगी बिताउने त्यो बेलाको समाजमा पढाइ भन्ने के हो ? थाह हुने कुरा नै भएन । पढाउन खोज्यो भने त शत्रु नै भन्ठान्थे । उहाँले एउटा प्रसङ्ग सुनाउँदै भन्नु भएको थियो– “एउटा बाहुनको छोरालाई पढाउँदा बाहुनीले के भनिन् भने योगीलाई मैले सिदा त दिन्छु, मेरो छोरालाई पाठशाला आएन भनेर पो भन्दारहेछन् यी योगी । सिदा दिएपछि पढेको मान्ने सिद्धान्त रहेछ त्यहाँ । मैले भने हुन्न, पाठशाला पठाऊ । उनले भनिन्– ममाथि के रिस छ यी योगीको ? मेरो छोरालाई पाठशाला पठाऊ भन्ने ।”
सङ्घर्षका दिन सम्झँदै स्वामी चेतानन्दले जुम्लामा बस्दाखेरिको एउटा घटना सुनाउँदै भन्नु भएको थियो –“कामको माना खाई गाई खाने विद्या (एबीसीडी) पढाइ धर्मको भ्रष्ट गरेकाले चेतानन्दलाई कारवाही गरी पाउँ भनी यज्ञप्रसाद देवकोटा लगायत ७ जना मान्छेले उजुर गरे । त्यो जुम्लाको बडाहाकिम कस्तो रहेछ भने लेप्चे । मिसिल आएपछि फलाना फलानालाई बोलाऊ पढ्न भनी सुन्ने गथ्र्यो । दुईटैको कुरा मिल्यो भने औंठाछाप लगाइ दिने नत्र नलगाइ दिने । बडाहाकिमले गाई खाने विद्या पढायो, यो चेतानन्द त बदमास हो धर्मको भ्रष्ट गर्यो, ल हाल्दे भित्र भनेर जेलभित्र कोचिदियो । विनासित्ति ६–६ महिनासम्म जुम्लामा जेलमा हालिदियो । ६ महिनापछि कलकत्ता विश्वविद्यालयबाट बीएस्सी पास गरेका श्रीबहादुर खत्री नाम गरिएका नयाँ व्यक्ति बडाहाकिमका रूपमा त्यहाँ आए । नयाँ बडाहाकिमले गाई खाने विद्या पढायो भन्ने पनि कहिँ मुद्दा हुन्छ ? भनी राति १२ बजे मलाई बोलाए । आज मलाई पिट्ने त होला भनी मैले मनमा
सोचेर गए । त्यहाँ गई सकेपछि जुम्लातिर रासकोटको राडी राम्रो हुन्छ, रासकोटको २ वटा राडी बिछ्याएर आउनुहोस्, बस्नुहोस् भने । मैले भने म जेलमा बसेको मान्छे मेरा कपडाहरू गन्हाएका छन् जुम्रा परेका छन् भने । उनले भने बस्नुहोस् चिन्ता नगर्नुहोस्, म पिपाहरूलाई सफा गर्न लगाउँछु, अव केही चिन्ता नगर्नुहोस, म छु, विद्यालय स्थापना गर्नुहोस् भने । मैले भने पढाएर त
यो हालत छ, स्कुल बनाइदिए पछि त आजीवन जेलमा सडिरहनु पर्छ, अहँ हुँदैन भने । तर पछि गएर वि. सं. २००८ सालमा जुम्लामा चन्दनाथ प्राइमेरी स्कुल स्थापना गरियो ।”
उहाँ शिक्षाको ज्योति छर्न वि. सं. २००८ सालमा दैलेख जानु भयो । दैलेखको जम्वुकाँधमा ज्वाला मिडेल स्कुल स्थापना गर्ने काम गर्नु भयो । दैलेख जिल्ला पञ्चकोशी ज्वालाक्षेत्र भएकाले विद्यालयको नाम ज्वाला मिडेल स्कुल राखिएको रहेछ । कृष्णवीर नेपालीले पनि त्यहाँ राम्रो गर्न निकै प्रयत्न गरेको बताउनु भएको थियो । पछि उक्त स्कुललाई व्यवस्थित गर्नमा देउमल कार्कीको पनि ठुलो योगदान रह्यो । देउमल कार्कीको पालामा नाम परिवर्तन गरी श्री जयदेव निम्न माध्यमिक विद्यालय राखिएको उक्त विद्यालय अहिले उमाविका रूपमा सञ्चालित छ । स्वामी चेतानन्दले दैलेख जिल्लाका अधिकांश ठाउँमा सेवा गर्नु भयो । वि. सं. २००८ सालदेखि २०३७ सालसम्म दैलेखमा नै बस्नु भयो ।
पञ्चायतकालमा चुनाव आउँना वित्तिकै उहाँलाई जेलमा हालिन्थ्यो । उहाँ सचेत मानव भएकाले अन्यायलाई अन्याय, राम्रोलाई राम्रो भन्ने भएकाले चुनावताका सधै जेलमा हाल्ने गरिन्थ्यो । यो प्रसङ्गमा उहाँले भन्नु भएको थियो– “एक किसिमले भन्ने हो भने जेल त मेरो घर नै थियो । कति चोटि थुन्यो हिसाव किताब नै छैन । बाख्रालाई गोठमा थुनेजस्तो गरेर थुन्यको थुन्यै ।”
त्यस्तै सुर्खेत जिल्लामा पनि उहाँले धेरै रगत–पसिना बगाउनु भएको छ । जिल्ला शिक्षा अधिकारीको ठाउँमा डिभिजन इन्स्पेक्टर अफ स्कुल हुने गथ्र्यो । त्यतिवेला सुर्खेतमा डिभिजन इन्स्पेक्टर अफ स्कुलको रूपमा विमानसिंह ठकुरी रहेछन् । उनकै सहयोगमा सुर्खेतको खानी, काद्मा, कालासिम्ता, छोल्पा, गुमीमा विद्यालय स्वीकृत गराउन सफल भएको कुरा स्वामीले बताउनु भएको थियो । पञ्चायतकालमा चुनाव आउँना वित्तिकै उहाँलाई जेलमा हालिन्थ्यो । उहाँ सचेत मानव भएकाले अन्यायलाई अन्याय, राम्रोलाई राम्रो भन्ने भएकाले चुनावताका सधै जेलमा हाल्ने गरिन्थ्यो । यो प्रसङ्गमा उहाँले भन्नु भएको थियो– “एक किसिमले भन्ने हो भने जेल त मेरो घर नै थियो । कति चोटि थुन्यो हिसाव किताब नै छैन । बाख्रालाई गोठमा थुनेजस्तो गरेर थुन्यको थुन्यै ।”
त्यतिबेला औपचारिक पाठ्यपुस्तक नभएका कारण दुर्गा, कवच र चण्डी पढ्ने चलन थियो । निःशुल्क रूपमा विशुद्ध सेवाभाव राखी शिक्षा बाँड्ने काम गर्नु भएका स्वामी चेतानन्दले भन्नु भएको थियो– “समुदायका मान्छेले खानको लागि कहिले काहीँ चामल–सामल दिन्थे, कहिले खान पनि दिएनन् । मागेर पनि खाएँ । गाईबाख्रा हेर्ने, खेतवारीमा काम गर्ने आफ्ना छोराछोरीलाई स्वामीले विगार्यो भनी हात हाल्न समेत आउँथे ।” तत्कालीन समाज निकै अज्ञानी थियो । मैले गरेको परिश्रम, सद्भावलाई जनताले नबुझिदिएको भन्दै उहाँ भक्कानो छोडेर रुनु भएको थियो । उनीहरूले बुझिदिएनन् भनेर उहाँले आफ्नो कर्तव्य गर्न छाड्नु भएन । उहाँ आफूले जनतालाई सेवा गर्न पाएकोमा निकै सन्तुष्ट हुनुहुन्थ्यो । उहाँले हर्षका आँसु बगाउँदै भन्नु भएको थियो– “म दुःखले रोएको होइन आज मैले गरेको सेवाको मूल्याङ्कन गरेर धेरै मान्छेले माया गर्छन्, जसरी तपाईहरू भेट्न आउनु भएको छ ।” उहाँले कसैसँग कुनै कुराको आशा नराखी अन्तहृदयदेखि समाजलाई केही दिएर जानुपर्छ भन्ने भावनाले प्रेरित भएर काम गर्नु भयो । जसको परिणाम यी जिल्लाहरूका अघिल्लो पुस्ताका नेता, शिक्षक, व्यापारी, कर्मचारी, सामाजिक कार्यकर्ता जतिपनि छन्, कुनै न कुनै रूपमा कहीँ न कहीँ स्वामीबाट शिक्षा आर्जन नगरेको व्यक्ति सायदै होलान् ।
अङ्गे्रजी भाषामा पोख्त स्वामी चेतानन्द शिक्षाको परिभाषालाई यसरी अथ्र्याउनु हुन्थ्यो– ‘Development of human is called education, it develops the humanity, intelligence & ability.’ उहाँ नेपालमा शिक्षा २–३ किसिमको छ भन्नुहुन्थ्यो, पैसा कमाउने, मार्कसिट सटिर्फिकेट ल्याउने शिक्षा, वास्तविक ज्ञान आर्जन गर्ने शिक्षा । अहिलेको पढाइलाई कित्रिकाको संज्ञा दिँदै भन्नु भएको थियो– “कित्रिका भनेको किताबमा राखिदिएपछि किताबका अक्षर पूरा खाइदिन्छ, तर उसलाई थाह हुन्न कि के–के खाएँ खाएँ ? आजकालका केटाकेटीहरू तिमी के जान्दछौ थोत्रो बुढा भन्दछन् । “The social nature of human being is spoiled and cured-self by poison poured into his blood which is like a hunting animal.” उहाँका अनुसार अहिलेका विद्यालयहरूमा आर्थिक लाभका लागि मात्र शिक्षा बढी केन्द्रीत छ, गहन अध्ययन गरेपछि के थाह हुन्छ भने, The subject of study of modern science is our observation of nature, but not nature above. Nature is another thing. First of all take this experience. गहिरो चिन्तन–मनन भन्ने चलन नै छैन भन्नुहुन्थ्यो । मानिसहरूले शिक्षाको आडमा गरिने कमाउ पेशालाई शिक्षाको नाममा भएको अभद्र व्यवहार भन्नुहुन्थ्यो । पैसा कमाउनु छ भने अरु उद्योग धन्दा गर्नु पर्ने तर शिक्षाका नाममा व्यापार गर्न नहुने उहाँको विचार थियो । उहाँका अनुसार शिक्षा हाम्रा परम्परा र नीतिहरू समावेश गरिएको वास्तविकता माथि निर्भर भएको हुनु पर्दछ ।
जीवनको उत्तराद्र्धमा उहाँलाई राज्यको तर्फबाट शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरी सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट वि.सं. २०७० साल ज्येष्ठ १५ गते गणतन्त्र दिवसका दिन सुप्रवल जनसेवाश्री विभूषणबाट विभूषित गरिने घोषणा भएको थियो । जीवनलाई सार्थक बनाउन मानिसलाई परिश्रमको आवश्यकता पर्दछ भन्ने स्वामीको जीवनमार्ग सादा जीवन उच्च विचार नै हो । उहाँको वि.सं.२०७१ साल भाद्र २५ गतेका दिन १०४ वर्षको उमेरमा देहवासन भएको थियो ।
जीवनलाई अनौंठा अनुभवहरूको सँगालोको रूपमा ब्याख्या गर्ने स्वामी चेतानानन्द सुर्खेतको लाटिकोइली स्थित शिव मन्दिरमा बस्नुहुन्थ्यो । उहाँले शुभचिन्तकहरूको सहयोगबाट जीवन धानिरहनु भएको थियो । १०० वर्ष पार गरी सक्दा पनि उहाँ १०–१२ किलोमिटर टाढा सुर्खेत बजारसम्म बेला मौकामा हिँड्दै पुग्ने गर्नुुहुन्थ्यो । जीवनको उत्तराद्र्धमा उहाँलाई राज्यको तर्फबाट शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरी सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट वि.सं. २०७० साल ज्येष्ठ १५ गते गणतन्त्र दिवसका दिन सुप्रवल जनसेवाश्री विभूषणबाट विभूषित गरिने घोषणा भएको थियो । जीवनलाई सार्थक बनाउन मानिसलाई परिश्रमको आवश्यकता पर्दछ भन्ने स्वामीको जीवनमार्ग सादा जीवन उच्च विचार नै हो । उहाँको वि.सं.२०७१ साल भाद्र २५ गतेका दिन १०४ वर्षको उमेरमा देहवासन भएको थियो । स्वामी चेतानन्द गिरी भौतिक रूपमा हामीमाझ नरहनु भए तापनि युगौँ युगसम्म हामी सबैका लागि प्रेरणाको स्रोत बनिरहनु हुनेछ ।
(लेखक शाही सामाजिक अभियान्ताका रूपमा विभिन्न संघसंस्था र अभियानसँग आवद्ध छन् ।)