राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीको ट्विटर सन्देश
२ भाद्र, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले श्रद्धाञ्जलि व्यक्त गर्नुुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले दिवङ्गत राष्ट्रकवि घिमिरेप्रति उच्च सम्मान व्यक्त गर्नुभएको हो ।
राष्ट्रकवि घिमिरेको अवसानले नेपाली साहित्य र वाङ्मयले एक विशिष्ट साधक गुमाएको प्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘साहित्यमार्फत् उहाँले मुुलुकलाई लगाउनु भएको गुन नेपाली जनाताले कहिल्यै भुल्ने छैनन् ।’
उहाँले शोकाकुल परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीको ट्विटर सन्देश
