२१ जेष्ठ २०८०, आईतवार

बाबुराम भट्टराईले दलित शब्द हटाउने भन्दा राजेश हमाल किन आक्रोशित ?



१० असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महानायक राजेश हमालका बीचमा दलित शब्दलाई लिएर तर्क वितर्क भएको छ । समता फाउण्डेशनद्वारा सञ्चालित जातका प्रश्नको ८ औं भागमा राजेश हमालसँग बाबुराम भट्टराईले दलित भन्ने शब्द अलि अपमानजन भयो, दलित पिसिएको होचिएको, थिचिएको भन्ने अर्थ लाग्न थाल्यो त्यसैले पहिचान पनि अलि फरक ढङ्गले गर्न पाए हुन्थ्यो भने ।

कार्यक्रम प्रस्तोता राजेश हमालले दलित समुदायका मान्छेहरू दलित शब्दप्रति गर्व गर्नु हुन्छ किनकी उहाँहरूको यो अभियानको नाम हो । उहाँहरूको आन्दोलन र क्रान्तिको नाम हो । जसले दलित भन्ने वित्तिकै दलितभित्रका विभिन्न समुदायलाई एकिकृत गर्न सहयोग गर्दछ । त्यो एकिकृत गर्ने एउटा नाम नै हटाइ दियो भने दलित समुदायहरू कसरी एकिकृत हुन सक्दछन् ? भनी पुनः प्रश्न गरेका थिए ।

जवाफमा भट्टराईले म बाबुराम भट्टराई छु यदि मलाई बाबुराम परियार भन्ने वित्तिकै तपाईंको विम्व अर्के भइहाल्छ भने । तपाईंलाई राजेश हमाल भन्दा एउटा विम्व आउँछ राजेश विश्वकर्मा भन्दा अर्कै विम्व आउँछ भनी भट्टराईले जवाफ दिए ।

हमालले आफ्नो तर्क राख्दै भने, ‘विम्व अर्कै हुने मनस्थिती पो हटाउनु पर्यो त । महिला अधिकारका लागि सबै पुरुषले महिला नाम राखेर त भए न नि ? दलित शब्दप्रतिको समाजमा जुन मनोविज्ञान छ त्यसलाई पो उखेलेर फाल्नु पर्यो ।’

बाबुराम भट्टराईले कसरी गर्नु हुन्छ भन्दा जवाफमा हमालले तपाईं त्यो ठाउँमा हुनुहुन्छ, यतिका वर्ष समतामूलक समाजका लागि यहाँले राजनीति गर्नु भयो, स्कुले जीवनदेखि नै दलित समुदायमाथि गरेको विभेदका कारण पनि विद्रोहको भावना उत्पन्न भयो भन्नुहुन्छ, जवाफ त तपाईंबाट आउनु पर्ने हो भने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको