६ आश्विन २०७८, बुधबार

चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको निधन



९ असोज, काठमाडौं । चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । कोरोना सङ्क्रमणबाट मुक्त भएपनि स्वास्थ्य अवस्थामा सुधान नआएपछि चेन्नइको अस्पतालमा उपचाररत उनको शुक्रबार निधन भएको हो ।

गत अगस्ट ५ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका सुब्रमण्यम सेप्टेम्बर १३ मा कोरोना मुक्त भएका थिए । कोरोना मुक्त भएपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि करिव २ महिनदेखि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

तर बिहिबारदेखि उनको स्वास्थ्य अवस्था एकाएक बिग्रिएको अस्पतालले जानकारी गराएको थियो । चिकित्सकहरूले २४ घण्टासम्म उनलाई बचाउन अन्तिम प्रयत्न गरेपनि शुक्रबार दिउसो ७४ वर्षीय बालासुब्रमण्यमको निधन भयो ।

उनले कमल हसन, जैकी श्राफ, सलमान खानलगायतका हिरोहरूले अभिनय गरेका सफल चलचित्रका गीतहरू गाएका छन् । एक दुजेके लिए, मैंने प्यार किया, हम आपके हैं कौन, साजन, हन्ड्रेड डेज लगायतका हिन्दी फिल्ममा उनले गाएका गीतहरू लोकप्रीय छन् ।

उनलाई भारत सरकारले पद्म श्री र पद्म भुषण सम्मानद्वारा सम्मानित गरेको थियो । गायकीको पृथक शैली र आफ्नो पनका कारण उनले धेरै पटक फिल्मफेयर र ६ पटक नेशनल अवार्ड समेत जितेका थिए ।

सुब्रमण्यमको निधनप्रति दुःख व्यक्त गर्दै चर्चित भारतीय अभिनेताहरू कमल हसन, सलमान, महेशबाबु, रामचरण लगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको