ललितपुरका मेयर चिरिबाबु भन्छन् : ‘कोरोनालाई सहजै जित्न सक्छु भन्ने आत्मविश्वास छ’
९ असोज, ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य अवस्था असामान्य भएपछि शुक्रबार बिहान स्वाव परिक्षण गराउदा मेयर महर्जनलाई कोरोना पोजेटिभ देखिएको हो ।
बिहीबार दिउँसो १०२ फरेनहाइट ज्वरो आएको र सिटामोल खादा पनि कम नभएपछि शुक्रबार बिहानै कोरोना परिक्षण गराएको मेयर महर्जनले बताए ।
रारापाटीसँग कुरा गर्दै मेयर महर्जनले भने, ‘अहिले ज्वरो १०० फरेनहाइटमा झरेको छ । माइग्रेन पनि भएकाले टाउको पनि दुखिरहेको छ । र ज्यान अलि बढि नै दुखिरहेको छ । कोरोना पाजेटिभ रिपोर्ट आउने बित्तिकै होम आइसोलेशन बसिसकेको छु ।’
‘आत्मविश्वास के छ मेयर साव् ?’ रारापाटीको जिज्ञासामा महर्जनले भने, ‘केहि समयलाई शरिरलाई अलिकति अप्ठ्यारो पर्ने हो । कोरोनालाई सहजै पराजित गर्न सक्छु भन्नेमा म विश्वस्त छु ।’ जतिसक्दो छिटो कोरोना मुक्त भएर जनताको सेवा र महानगरको विकास गतिविधिमा फर्कने अठोट लिएको पनि मेयर महर्जनले बताए ।
महर्जनका अनुसार उनकी पत्नीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
महानगरपालिकाबाट तत्काल विज्ञप्ति जारी गरी आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई आइसोलेशनमा रहन र कोरोना परिक्षण गराउन आग्रह गरिसकेको मेयर महर्जनले बताए ।
प्रेस विज्ञप्ति :

