२३ जेष्ठ २०८०, मंगलवार

देशभर १३१३ जनामा कोरोना पुष्टि, सङ्क्रमित संख्या ७० हजार नाघ्यो



९ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप १३ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

आज मात्रै काठमाडौंमा ५०३ ललितपुरमा ९१ र भक्तपुरमा ५१ गरी उपत्यकामा ६४५ जना भाइरस सङ्क्रमित थपिएका छन् ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत १४ सय ५५ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । कुल सङ्क्रमितमध्ये निको हुने दर ७३ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमितको संख्या १८ हजार २ सय ८९ छ ।

पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार आज देशका विभिन्न प्रयोगशालामा १२ हजार २ सय ६२ जनाको पिसिआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको