कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा पुण्यप्रसाद रेग्मी नियुक्त !
९ असोज, काठमाडौं । सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा प्राध्यापक डा. पुण्यप्रसाद रेग्मीलाई नियुक्त गर्ने तयारी गरेको छ । सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच रेग्मीलाई उपकुलपति नियुक्त गर्ने सहमति भएको बताइएको छ ।
नेकपाभित्रै राजनीतिक नियुक्तिका विषयमा सहमति हुन नसक्दा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति पद गत वर्षदेखि नै रिक्त छ । विश्वविद्यालयको नेतृत्व सम्हाल्ने उपकुलपति पद नै रिक्त हुँदा दैनिक प्रशासनिक कामदेखि शैक्षिक क्रियाकलापको प्रभावकारीतामा समेत असर परिरहेको छ ।
डा. रेग्मी हाल कर्णाली प्रदेश योजना आयोगको उपध्यक्षका रूपमा कार्यरत छन् ।
यस्तै संस्कृत विश्वविद्यालय, दाङको उपकुलपतिमा यादव लामिछानेलाई नियुक्त गर्ने सहमतिमा दुई अध्यक्ष पुगेको बताइएको छ ।
गत साता नेकपा पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले रिक्त राजनीतिक नियुक्तिहरूमा पदपूर्ति गर्ने निर्णय गरेको नियो । यद्यपि, दुई अध्यक्षबीच भएको सहमतिलाई आधिकारीकता दिन भने बाँकी नै छ ।