१६ फाल्गुन २०७७, आईतवार

आइतबारसम्म बर्षा हुने अनुमान, आगामी २४ घण्टासम्म सतर्क रहन आग्रह



९ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुन अझै केहि दिन चल्ने हुँदा सर्तक रहन आग्रह गरेको छ । शनिबार देखि पानी पर्ने क्रम कम भएपनि मनसुन अझै २–४ दिन चल्ने अुनमान महाशाखाले गरेको हो ।

बिहिबार भन्दा आज शुक्रबार पानी कम पर्ने र आज भन्दा भोली पानी कम पर्दै जाने सम्भावना रहेको मौसमविद् वरूण पौडेलले बताए । ‘नेपालमा मनसुन बाहिरिने समय यहि असोज ८ (बुधबार) भनिए पनि मौसममा उतारचढाव देखिएको छ ।’ मौसमविद् पौडेलले भने, ‘कहिलेकाहीँ यस्तै हुन्छ । कुनै वर्ष मनसुन भित्रिने सुरूकै समयमा बढी वर्षा हुन्छ, कहिले बीचाम त कहिले अन्तिम समयमा ।’ यो कुनै अचम्मकौ कुरा नभएर नियमित प्रक्रिया भएकाले स्वभाविक रूपमा लिनुपर्ने पौडेलले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा अर्थात् शनिबार ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श जारी गर्दै सतर्क रहन अनुरोध गरेको छ । प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमतीका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेका ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जानसक्ने महाशाखाको अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको तीन दिनसम्मको वर्षा अनुमान :

असोज ९ गते शुक्रबार

दिउँसो : देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

असोज १० गते शनिबार

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ।

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ का एक दुई स्थानमा मध्यमदेखि भारी वर्षाको समेत सम्भावना छ।

असोज ११ गते आइतबार

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ का एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु