२३ जेष्ठ २०८०, मंगलवार

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले गरे आत्महत्या



८ असोज, काठमाडौं । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नम्बर ४ केलिङ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आत्महत्या गरेका छन् । व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्ष डम्बर इङ्नामले बिहिबार आत्महत्या गरेका हुन् ।

व्यवस्थापन समितिका पदाधिकारीहरूलाई बिहान १० बजे बैठकमा बोलाएर अध्यक्ष इङ्नाम २ बजेसम्म पनि बैठकमा नआइपुगेपछि परिवारलाई खवर गरियो ।

खाना खाएर बिहान १० बजे बैठक बस्न भनी इङ्नाम घरबाट निस्किएको जानकारी पाएपछि स्थाननीयवारी उनलाई खोज्न निस्किए । खोज्ने क्रममा घर नजिकैको महाभिर भन्ने ठाउँमा उनी झुन्डिएको अवस्थामा भेटिएको वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार भट्टराईले बताए ।

मृतक इङ्नामको शव पोष्मार्टमाका लागि आज साँझ ७ : ३० बजे जिल्ला अस्पताल पाँचथर लगिएको छ । बैठकमा हिँडेका अध्यक्ष इङ्नामले के कारणले आत्महत्या गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको