देशभर १४९७ कोरोना सङ्क्रमित थपिए, १७ को मृत्यु
८ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप १४ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।
आज मात्रै काठमाडौंमा ६०९ ललितपुरमा ९५ र भक्तपुरमा ५१ गरी उपत्यकामा ७५५ जना भाइरस सङ्क्रमित थपिएका छन् ।
आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशका विभिन्न अस्पतालमा उपचाररत ४ सय ५७ जना सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमितको संख्या १८ हजार ४ सय ३६ छ ।
पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार आज देशका विभिन्न प्रयोगशालामा ११ हजार ४ सय ४९ जनाको पिसिआर परिक्षण भएको छ ।