३० आश्विन २०७८, शनिबार

एक यूगको अन्त्य : १ सय १ वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको निधन



२ भदौं, काठमाडौं । मुलुक कोरोना महामारीसँग जुधिरहेका बेला राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । केही समयदेखी बिरामी १ सय १ वर्षका राष्ट्रकवि घिमिरेको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मङ्गलबार साँझ ५ बजेर ५५ मिनेटमा राष्ट्रकवि घिमिरेले निधन भएको हो । वि. सं. १९७६ सालमा लमजुङ्गको पुस्तन गाउँमा जन्मिनुभएका राष्ट्रकविको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको छ ।

नेपाली सेनाले मानार्थ सहायक रथीको उपाधी पाउनुभएका राष्ट्रकवि घिमिरेलाई ११/११ जनाको टुकुडीले सम्मान गर्ने सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताउनुभयो ।
राष्ट्रकविलाई कस्तो सम्मान दिइन्छ भन्ने सन्दर्भमा नेपाल सरकारको आधिकारीक धारणा आउन भने बाँकी छ ।

कविता, खण्डकाव्य, गितिनाटक, कथाजस्ता साहित्यका अनेकौं विधामा कलम चलाउनुभएका राष्ट्रकवि घिमिरेले पछिल्लो समय महाकाव्य लेखनमा व्यस्त रहेको बताउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको