६ आश्विन २०८०, शनिबार

बुधबार ११५४ जनामा कोरोना पुष्टि, सङ्क्रमित संख्या ६७ हजार नाघ्यो



७ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप ११ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ६७ हजार ८ सय ४ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत १ हजार ८ सय २३ जना सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमितको संख्या १७ हजार ४ सय १४ छ ।

पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार आज देशका विभिन्न प्रयोगशालामा ९ हजार ४ सय ४९ जनाको पिसिआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको