साझा भविष्यका लागि नयाँखाले अन्तर्राष्ट्रिय सम्बन्ध

सी जिनपिङ
७ आश्विन २०७७, बुधबार
यो वर्ष मानव जातिले फासिवादका विरुद्ध लडाइँ लडेको र संयुक्त राष्ट्रसङ्घ स्थापना गरिएको ७५ औं वर्षगाँठ हो । हामी संयुक्त राष्ट्रसङ्घको वडापत्रको मर्मअनुरूप फासिवाद विरुद्धको युद्धका ऐतिहासिक अनुभव र शिक्षाका विषयमा समिक्षा गरिरहेका छौं ।
कोभिड–१९ महामारीले विश्वलाई तवाहतवाह बनाइरहेको छ । महामारी विरुद्ध लड्न विभिन्न सरकारहरूका निरन्तर कार्यहरू, स्वास्थ्यकर्मीहरूको लगाव, वैज्ञानिकहरूका निरन्तर अनुसन्धानहरू र जनताले सुरक्षित रहन गरेका प्रयासहरूलाई हामीले देखिरहेका छौं । विभिन्न देशका जनताहरू एक भएर उभिएका छन् । साहस, धैर्य र समाधानमार्फत् हामी अँध्यारो रातमा पनि दियो बाल्दै यो विपत् विरुद्ध लडेका छौं । अन्तमा भाइरस पराजित हुनेछ । मानवताले यो युद्ध जित्नेछ ।
भाइरससँग लडिरहँदा हामीले मानिसको जीवनलाई सबैभन्दा बढी महत्व दिनु पर्दछ । हामीले कोभिड–१९ विरुद्ध लड्न कुनै कसर बाँकी राख्न हुँदैन । प्रभावित हरेक मानिसको उपचार सुनिश्चित गरिनु पर्दछ ।
भाइरससँग लडिरहँदा हामीले एक अर्काप्रति एक्यवद्धता जाहेर गर्न आवश्यक छ । हामीले विज्ञानमाथि भर पर्नु पर्दछ । महामारी विरुद्ध लड्न हामीले विश्व स्वास्थ्य संगठनको नेतृत्व स्वीकार गर्नु पर्दछ ।
भाइरससँग लडिरहँदा हामीले विस्तृत र दीर्घकालिन नियन्त्रणका उपाय अवलम्वन गर्नु पर्दछ । व्यापार र विद्यालयहरू क्रमशः खोल्दै जानु पर्दछ । अर्थतन्त्रलाई गति दिँदै जनताको रोजगारीलाई सुरक्षित गरी आर्थिक सामाजिक व्यवस्था कायम राख्नु पर्दछ । ठुलो अर्थतन्त्रले समष्टिगत आर्थिक नीतिहरूमार्फत् समन्वय गर्नु पर्दछ । हामी सबैले आफ्नो मात्र होइन विश्व अर्थतन्त्रलाई योगदान गर्ने विषयमा पनि विचार गर्नु पर्दछ ।
भाइरससँग लडिरहँदा हामीले विकासोन्मुख देशहरूको अझ विशेषतः अफ्रिकी देशहरूको आवाश्यकतालाई मध्यनजर गर्नु पर्दछ । अन्तर्राष्ट्रिय जगत्ले ती देशहरूले दिगो विकास लक्ष्यहरू हाँसिल गर्न सकुन् भन्ने उद्देश्यले उनीहरूको ऋण मिनाह गर्न समयमै कदम उठाउनु पर्दछ ।
चीनले भाइरस विरुद्ध भ्याक्सिनहरू विकास गरेको छ । ती भ्याक्सिनले सफलतापूर्वक तेस्रो चरण जाँच पनि पास गरिसकेका छन् । हामीले भ्याक्सिनलाई विश्वका जनताको सम्पत्ति बनाउने घोषणा गरेका छौं र विकासोन्मुख देशहरूमा यसको वितरणमा प्राथमिकता दिइने छ ।
चीनले ७५ वर्ष पहिले फासिवाद विरुद्ध लडेर र संयुक्त राष्ट्रसङ्घ स्थापना गर्न योगदान गरेको थियो । अहिले चीन विश्व जनस्वाथ्यका पक्षमा विश्व महामारी विरुद्ध लडाइँ लडिरहेको छ । चीनले महामारीबारे आफूले हाँसिल गरेका सूचना, अनुभवहरू र उपचार विधिहरूलाई संसारसँग साझेदारी गरिरहने छ । हामीले भाइरस सङ्क्रमणका स्रोत र जराहरू पत्ता लगाउन प्रभावकारी चेकचाँज गरिरहेका छौं । चीनले भाइरस विरुद्ध भ्याक्सिनहरू विकास गरेको छ । ती भ्याक्सिनले सफलतापूर्वक तेस्रो चरण जाँच पनि पास गरिसकेका छन् । हामीले भ्याक्सिनलाई विश्वका जनताको सम्पत्ति बनाउने घोषणा गरेका छौं र विकासोन्मुख देशहरूमा यसको वितरणमा प्राथमिकता दिइने छ । हामीले आगामी २ वर्षभित्र २ विलियन डलर अन्तर्राष्ट्रिय सहयोगको घोषणा गरका छाै । चीनले यसबाट कृषि, शिक्षा, गरिवी निवारण, महिला, बालबालिका, जलवायू परिवर्तनको क्षेत्रमा योगदान गर्नेछ । चीन यससँगै अरु देशको आर्थिक पुननिर्माणमा पनि मद्दत गर्न चाहन्छ ।
संयुक्त राष्ट्रसङ्घले विधिको शासनलाई ध्यान दिनै पर्दछ । सबैले संयुक्त राष्ट्रसङ्घको वडापत्र मान्नै पर्दछ । देशबीचका सम्बन्ध र स्वार्थहरू पनि नियम र संस्थाको परिधि भित्र चल्नु पर्दछ । संयुक्त राष्ट्रसङ्घले सबैका साझा स्वार्थलाई ध्यान दिनु पर्दछ । हाम्रो आफ्ना स्वार्थहरू पनि अन्ततः एउटा विशाल विश्व परिवार निर्माण र सौहार्दताका लागि नै हुनु पर्दछ । साझा सुरक्षा, विकास र मानव अधिकारको जगेर्ना गर्न संयुक्त राष्ट्रसङ्घले प्रभावकारी कदम चाल्नै पर्दछ । विकासका मुद्दाहरू विश्वको समष्टीगत रूपरेखामा हेरिनु पर्दछ ।
संयुक्त राष्ट्रसङ्घ न्यायका पक्षमा उभिनु पर्दछ । कुनै देश ठुलो र सानो नभनी समानता र आपसी सम्मान गर्नु समयको माग हो । यो संयुक्त राष्ट्रसङ्घको वडापत्रको मर्म पनि हो । संयुक्त राष्ट्रसङ्घले सबैको व्यापक सल्लाह लिई साझा योगदान गर्ने र सबैका लागि फाइदा हुने सिद्धान्तलाई बलियोसँग अङ्गीकार गर्नै पर्दछ । जुनसुकै देशले पनि विश्वव्यापी सुरक्षा, विकासका मामिलामा साझेदारी गर्ने र विश्वको भविष्यलाई सकारात्मक रूपले अगि बढाउने कार्य गर्नै पर्दछ । संयुक्त राष्ट्रसङ्घले बहुसङ्ख्यक विकासोन्मुख देशहरूको राष्ट्रिय स्वार्थ प्रतिविम्वित आवाजलाई सुन्नै पर्दछ र यसको पक्षमा सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ । संयुक्त राष्ट्रसङ्घले विधिको शासनलाई ध्यान दिनै पर्दछ । सबैले संयुक्त राष्ट्रसङ्घको वडापत्र मान्नै पर्दछ । देशबीचका सम्बन्ध र स्वार्थहरू पनि नियम र संस्थाको परिधि भित्र चल्नु पर्दछ । संयुक्त राष्ट्रसङ्घले सबैका साझा स्वार्थलाई ध्यान दिनु पर्दछ । हाम्रो आफ्ना स्वार्थहरू पनि अन्ततः एउटा विशाल विश्व परिवार निर्माण र सौहार्दताका लागि नै हुनु पर्दछ । साझा सुरक्षा, विकास र मानव अधिकारको जगेर्ना गर्न संयुक्त राष्ट्रसङ्घले प्रभावकारी कदम चाल्नै पर्दछ । विकासका मुद्दाहरू विश्वको समष्टीगत रूपरेखामा हेरिनु पर्दछ ।
मानव समाजको विकासको इतिहास भनेकै चुनौतीहरू विरुद्ध लडेर सामना गर्दै अगि बढ्नु हो । कोभिड महामारी मानव जातिका लागि अन्तिम चुनौती होइन, हामीले भविष्यमा अझ ठूला चुनौतीको सामना गर्नु पर्ने हुन सक्दछ ।
कोभिड–१९ ले हामीलाई संसार एउटा भूमण्डलीय गाउँको रूपमा विकास भएको आभास दिन्छ । हामी सबै एक आपसमा जोडिएका छौं र हाम्रो साझा भविष्य छ । छिमेकीले आफूसँग भिख मागोस् भन्ने चिन्तन या समस्यालाई टाढाबाट हेर्ने कुराले एक दिन ती समस्या आफैमा आई पर्दछन् । अर्काेलाइ गिराएर आफु माथि आउने सोच उपयुक्त हुँदैन ।
पहिलो कुरा, कोभिड–१९ ले हामीलाई संसार एउटा भूमण्डलीय गाउँको रूपमा विकास भएको आभास दिन्छ । हामी सबै एक आपसमा जोडिएका छौं र हाम्रो साझा भविष्य छ । छिमेकीले आफूसँग भिख मागोस् भन्ने चिन्तन या समस्यालाई टाढाबाट हेर्ने कुराले एक दिन ती समस्या आफैमा आई पर्दछन् । अर्काेलाइ गिराएर आफु माथि आउने सोच उपयुक्त हुँदैन । हामी सबै साझा भविष्यको दिशामा अगि बढ्नु पर्दछ । हामीले सबै विश्वलाई परिवारका रूपमा हेर्नु पर्दछ, सबैको जीत (win win) हुने सहकार्यलाई आधार बनाउनु पर्दछ, विचारका आधारमा संसार विभाजित गर्ने कुराबाट माथि उठ्नु पर्दछ । हामी सभ्यताको द्वन्द्व (clash of civilization) काे भूमरीबाट उम्किनु पर्दछ । अरूलाई रोक्न गुटबन्दी गर्ने शून्य योगफलको खेलबाट हामी मुक्त हुनु जरूरी छ । हरेक देशका भिन्न विकासका बाटो र मोडललाई हामीले सम्मान गर्नु पर्दछ । संसार विविधतायुक्त छ । यो विविधतालाई संसारको उत्थान गर्ने प्रेरणा स्रोतका रूपमा लिनु पर्दछ । यसबाट मानव सभ्यता बढी रङ्गीन र बहुध्रुवीय हुन सक्दछ ।
दोस्रो कुरा, कोभिड महामारीको त्रासदीले पनि हामीलाई के बताउँछ भने भूमण्डलीकरण विवादरहित सत्य हो र यो इतिहासको अकाट्य प्रवृत्ति हो । हामी भूमण्डलीकरणका प्रभावबाट त्रसिनु हुँदैन बरु विकासमा भएको असन्तुलन र आर्थिक असमानतालाई सम्बोधन गर्नु पर्दछ । अहिलेको विश्वमा कोही पनि एक्लै अगि बढ्न सक्दैन ।
तेस्रो कुरा, कोभिड महामारीले हामीलाइ हरित क्रान्ति अवलम्बन गर्नु पर्दछ भन्ने सम्झाएको छ । वातावरण जगेर्ना गर्दै हरित विकासको बाटो र जीवन पद्धतिलाइ द्रूत रूपमा अगि बढाई यस धर्तीलाई सबैका लागि सुन्दर ठाउँ बनाउन आवश्यक छ ।
चौथो कुरा, कोभिड महामारीले संसारका सुशासनमा सुधारको आवश्यकतालाई महशुस गराउँदछ । यसले विभिन्न देशको सुशासन क्षमतालाई पनि उजागर गरेको छ । यसले विश्व शासन व्यवस्थाको पनि परिक्षण भएको छ । चीन सधै बहुध्रुवीय विश्व व्यवस्थालाई पछ्याउँदछ । चीन विश्व व्यवस्थाको निरन्तर सुधार र विकासमा सक्रिय रूपले सङ्लग्न हुनेछ । चीन संयुक्त राष्ट्रसङ्घ केन्द्रित र अन्तर्राष्ट्रिय कानुन निर्देशित विश्व व्यवस्था चाहन्छ । चीन अन्तर्राष्ट्रिय मामलाहरूमा संयुक्त राष्ट्रसङ्घको केन्द्रीय भूमिका आवश्यक ठान्दछ । देशहरू बीचमा प्रतिस्पर्धा हुन सक्दछ तर त्यो जिम्मेवारीपूर्ण, स्वस्थ र नैतिक धरातलमा आधारित हुन आवश्यक छ । मुख्य देशले मुख्य देशको चरित्र देखाउन सक्नु पर्दछ । उनीहरूले नै विश्वलाई आवश्यक पर्ने बढी सार्वजनिक वस्तुहरू उपलब्ध गराउनु पर्दछ ।
चीनका १ दशमलव ४ अर्ब जनताले कोभिड महामारीका विरुद्ध एकढिक्का भएर सम्पूर्ण प्रयाससहित नलडेका भए महामारी नियन्त्रण गर्न तथा अर्थतन्त्र सुचारू गर्न सम्भव हुने थिएन । हामी हाम्रा विकास लक्ष्यहरू हासिल गर्ने विषयमा निश्चिन्त छौं । मध्यमखाले समृद्ध राष्ट्र निर्माणका लागि सबै पहलुहरू पुरा भएका छन् । ग्रामीण गरिवी उन्मूलनका गरी सन् २०३० को गरिवी निवारण गर्ने दिगो विकास लक्ष्यलाई हामीले १० वर्ष अगि नै पुरा गरेका छौं ।
चीन संसारको सबैभन्दा ठुलो विकासोन्मुख देश हो र यो शान्ति, खुलापन, सहकार्य र साझा विकासप्रति प्रतिवद्ध छ । हामी कुनै खाले विस्तारवाद र प्रभुत्ववाद चाहदैनौं । चीन सबैको हित हुने अन्तर्राष्ट्रिय सहकार्य र व्यापार चाहन्छ । हामी न त शीत युद्ध चाहन्छौं नत कुनै खाले गरम युद्ध । हामी मतमतान्तरहरूलाइ कुराकानी र वार्ताबाट समाधान गर्न चाहन्छौं । हामी आफ्नो मात्र विकास चाहदैनौं । हामी कुनै शून्य योगफल हुने खेलमा लाग्न चाहँदैनौं । हामीले चीनको आगामी विकासका लागि मूलतः आन्तरिक आर्थिक प्रवाह (domestic economic circulation) को नयाँ विकास अवधारणा अगि बढाउने उद्देश्य लिएका छौं । यसमा आन्तरिक र वाह्य आर्थिक प्रवाहले एक अर्काका लागि परिपूरक काम गर्दछन् । यसले चीनको आर्थिक वृद्धिका लागि थप स्थान बनाउने छ र विश्व अर्थतन्त्र तङ्ग्रीन पनि मद्दत गर्नेछ ।
चीन विश्व शान्ति, विकास र व्यवस्थाको प्रतिरक्षा गर्दछ । म संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय सम्बन्धमा प्रभावकारी भूमिका खेल्न मद्दत पुगोस् भन्ने हेतुले चीनका तर्फबाट तपसिलका सहयोग घोषणा गर्दछु ।
चीन संयुक्त राष्ट्रसङ्घको कोभिड–१९ महामारीका लागि थप ५० मिलियन अमेरिकी डलर प्रदान गर्नेछ । चीन विश्व खाद्य संगठनको साउथ साउथ कोअपरेसनका लागि थप ५० मिलियन डलर सहयोग प्रदान गर्दछ । पिस एण्ड डिभेलपमेन्ट ट्रस्ट फण्डका लागि चीन सन् २०२५ पश्चात् चिनियाँ सहयोग निरन्तरता दिन चाहन्छ । चीन संयुक्त राष्ट्रसङ्घका लागि सन् ३० सम्मका दिगो विकास लक्ष्यहरू पुरा गर्न सघाउ पुर्याउने विश्व भु–स्थलीय ज्ञान तथा अनुसन्धान केन्द्रका साथै विग डाटाका लागि अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गर्न चाहन्छ ।
इतिहासको जिम्मेवारी हाम्रो काँधमा आएको छ । हामीले हाम्रो समय र जनभावनाको कदर गरी ठिक निर्णय लिनसक्नु पर्दछ । हामी सबै विश्व शान्ति, विकास, समानता, न्याय, प्रजातन्त्र र स्वतन्त्रता पक्षमा उभिई नयाँखाले अन्तर्राष्ट्रिय सम्बन्ध र मानव समुदायको साझा भविष्य निर्माण गर्न लागी परौं । हामी सबै मिलेर यो संसारलाई अझ सुन्दर बनाउन सक्छौं ।
(चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्रसङ्घको ७५ औं महासभामा अनलाइन भिडियोमार्फत् आज गरेको भाषणको सार संक्षेप हो । यसलाई रारापाटी डटकमले अनुवाद गरेको हो ।)