राजस्वसम्बन्धी स्थाइ संयन्त्रमा पूर्वसचिव महेश दाहाल नियुक्त
२ भदौ, काठमाडौं । पूर्व सचिव महेश दाहाल राजस्व परामर्श विकास समितिको अध्यक्ष नियुक्त भएका छन् । नेपाल सरकारले दाहाललाई समितिको अध्यक्ष नियुक्त गर्ने निणय गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।
सरकारले राजस्वसम्बन्धी नीतिगत काम गर्ने प्रयोजनका लागि निर्माण गरेको स्थायी संयन्त्र (राजस्व परामर्श विकास समिति)को सदस्यमा पूर्व सहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
राजस्वसम्बन्धी स्थाइ संरचना निर्माण हुने भएसँगै हरेक वर्ष बजेट निर्माणका बेला बनाइने राजस्व परामर्श समितिको औचित्य पनि समाप्त भएको छ । यो संयन्त्रले नेपाल सरकारलाई राजस्वसम्बन्धी सिफारिस गर्ने मन्त्री खतिवडाले बताउतनुभयो ।