२२ जेष्ठ २०८०, सोमबार

नेकपा बैठक : पार्टी एकिकरणको बाँकी काम १० दिनभित्र टुङ्ग्याउने तयारी



६ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांगठनिक एकिकरणको बाँकी काम १० दिनभित्र टुङ्ग्याउने निष्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई एकिकरण कार्ययोजना बनाउने जिम्मेवारी दिएको छ ।

संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्ति र राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न बैठकले प्रधानमन्त्रीलाई सुझाव दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘अबको २–३ दिनभित्र बैठक बसेर बाँकी रहेका अन्य एजेण्डामा छलफल गर्ने तयारी भएको छ ।’ प्रवक्ता श्रेष्ठले भने, ‘मन्त्रीमण्डल पुनर्गठन सम्बन्धमा भने आज कुनै छलफल भएन ।’

आइतबार नेकपा पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको