१० आश्विन २०७८, आईतवार

विश्वकिर्तिमानी पर्वतारोही आङरितालाई राष्ट्रिय सम्मान् !



६ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विश्व किर्तिमानी पर्वतारोही आङरिता शेर्पालाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शेर्पालाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो ।

विना अक्सिजन १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने ७२ वर्षीय शेर्पाको सोमबार जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको थियो । लामो समयदेखी फोक्सो र मष्तिस्कको समस्यासँग लडिरहेका शेर्पाको उपचारका लागि सरकारी निकायबाट खासै केहि सहयोग नभएको भन्दै उनकी छोरीले गुनासो गरेकी थिइन् ।

मृत्युपछि नै सहि सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । जिउदो छँदा बचाउन सहयोग नगर्ने मरेपछि राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गरिदिने परम्पराले एकपटक फेरि निरन्तरता पाएको छ ।

आफुले अन्तिम प्रयास गर्दापनि आफ्ना बुवालाई बचाउन नसकेकी शेर्पाकी छोरीलाई राष्ट्रिय सम्मानले सन्तुष्टि मिल्ला ? कि सोमबार नै संसार छोडिसकेका आङरिताको आत्माले शान्ति पाउने हो ?

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको