१४ फाल्गुन २०७७, शुक्रबार

बज्यो खतराको घण्टी : एकैदिन १०१६ संक्रमित थपीए, ७ को मृत्यु



२ भदौ, काठमाडौं । गएको २४ घण्टामा १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अवस्था थप भयावह बन्ने खतरा देखिएको छ । नेपालमा कोरोना संक्रमण देखिए यता आजको संक्रमित संख्या सबैभन्दा बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजको तथ्याङ्कसहित नेपालमा कोरोना संक्रमिताको संख्या २८ हजार २५७ पुगेको र हालसम्म ११४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काभ्रे, मोरङ्ग, नवलपरासी, कास्की, बाँके, धनुषा र तनहुँका एक–एक जना रहेका छन् ।

आज पुष्टि भएका संक्रमितको विवरण

आजै मात्र काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ गरी उपत्यकामा २०५ नयाँ सक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पर्सामा १२८, मोरङ्गमा १०८, सर्लाहीमा १०७, भनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१–२१, कपिवस्तुमा १९ र कास्कीमा १६–१६ रुपन्देहीमा १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

यस्तै बर्दियमा ९, सुनसरीमा ८, बाँकेमा ६, दैलेखमा ५, नवलपुरमा ४, संखुपासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङमा ३–३ जना, उदयपुर, दोलखा, गोरखा, तनहुँ र दार्चुलामा २–२ र खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलरपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरमा १–१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु