२० जेष्ठ २०८०, शनिबार

देशभर ११५४ कोरोना सङ्क्रमित थपिए, १६ को मृत्यु



५ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप ११ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ६५ हजार २ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत १ हजार ५ जना सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमितको संख्या १७ हजार ६ सय ११ छ ।

पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको