२२ फाल्गुन २०७७, शनिबार

रक्सिको मातमा १५ वर्षे किशोरीसँग शारीरिक सम्बन्ध राख्ने विदेशमन्त्री विवादमा



५ असोज, काठमाडौं । डेनिस विदेशमन्त्री जेफ कोफोडको १५ वर्षे किशोरीसँग शारीरिक सम्बन्ध राखेको मुद्दा फेरी बल्झिएको छ । विपक्षीहरूले यहि मुद्दामा टेकेर उनलाई विदेशमन्त्रीमा नियुक्ति गरिएको विषयप्रति पनि आपत्ति जनाएका छन् ।

८ वर्ष अघि ३४ वर्षका हुँदा कोफोडले उनकै पार्टीकी युवा सँघकी सदस्यसँग शारीरिक सम्बन्ध राखेको स्विकारेका थिए । त्यो बेला उनीहरूको उमेर १९ वर्षको फरक थियो ।

जेफ हाल डेनमार्कको विदेश मन्त्री छन् । उनले आफु रक्सिले मातेको बेला यस्तो गल्ति भएको भन्दै सार्वजनिक रुपमा माफि मागेका छन् । भाग्यवस डेनमार्कमा आपसी सहमतिबाट शारीरिक सम्बन्धको उमेर १५ वर्ष मानिएकोले उनी कानुनीरूपमा जोगिन सक्दछन् । अन्य धेरै देशमा यस्तो उमेर १६ वर्ष रहेको छ ।

उनका आलोचकहरूले भने ३४ वर्ष उमेरको मानिसले १५ वर्षे किशोरीसँग रक्सिको मातमा शारीरिक सम्बन्ध राखेकोप्रति नैतिक प्रश्न उठाएका छन् ।

(एजेन्सिको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु