१३ जेष्ठ २०८०, शनिबार

मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा नेकपा, को हट्लान्-को पर्लान् ?



४ असोज, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद् पुर्नगठन गर्ने निष्कर्षमा पुगेको छ । शिर्ष नेताहरूसहित आइतबार बसेको बैठकले मन्त्रीपरिषद् पुर्नगठन गर्ने निष्कर्ष निकालेको हो ।

नेकपा पार्टी कार्यालय परिसडाँडामा बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि पेश गरेका ३ विकल्पले नयाँ मन्त्री बन्लान-को को हट्लान ? भन्ने विषय थप पेचिलो बनेको छ ।

प्रधानमन्त्रीका तिन विकल्प यस्ता छन् :

– अहिलेका सबै मन्त्रीलाई हटाउने र नयाँ मन्त्रीहरू नियुक्त गर्ने ।
– सुरूमा मन्त्री भएकाहरूलाई हटाउने र पछि भएकालाई यथावत राख्ने ।
– कार्यक्षमता हेरेर केही मन्त्रीलाई हटाउने र केहीलाई निरन्तरता दिने ।

प्रधानमन्त्रीले प्रस्तावकै रूपमा भन्दा पनि यि तिन विकल्पमाथि सुझाव मागेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीले राखेका तिन विकल्पमध्ये सबै मन्त्रीहरूलाई एकसाथ हटाउने विकल्प उपयुक्त नहुनेमा अधिकांश नेताहरू एकमत देखिएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सबै मन्त्रीलाई एकसाथ हटाउने भन्दा राम्रो काम गरिरहेका मन्त्रीहरूलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् । बैठकमा उनले भने, ‘सबैलाई एकैचोटी हटाउनु राम्रो हुदैन । तर धेरै नयाँ राख्दा उपयुक्त हुन्छ ।’

वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायतका नेताले पनि सबैलाई हटाउनु भन्दा कार्यक्षमताको आधारमा योग्यलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।

नेकपाका एक सचिवालय सदस्यले दशैं अघि नै मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताए । उनले भने, ‘आजको बैठकमा मन्त्री बन्ने व्यक्ति र मन्त्रीपरिषद् पुनर्गठनको समयसिमाबारे भने छलफल भएन ।’

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारका काम कारबाही प्रभावकारी बनाउन मन्त्रीपरिषद् पुनर्गठनबारे सैद्धान्तिक छलफल भएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको