१० आश्विन २०७८, आईतवार

चार लाख राशीको मदन पुरस्कार ‘महारानी’लाई दिइने



४ असोज, काठमाडौं । साहित्यमा मनैदेखि कलम चलाउने हरेक लेखकको मनमा कहिँ न कहिँ पक्कै पनि हुनसक्छ कि मेरो कृति ‘मदन पुरस्कार’का लागि उत्कृष्ट ठहरियोस् । यस्तै चाहना राख्ने १ सय ५१ लेखकहरूका कृतिहरू मध्येबाट यस वर्षको ‘मदन पुरस्कार’ चन्द्रप्रकाश बानियाँको ‘महारानी’लाई दिइने भएको छ ।

मदन पुरस्कार गुठीको साधारण सभा बैठकले बानियाँको उपन्यास ‘महारानी’ लाई २०७६ को मदन पुरस्कार र वरिष्ठ गायिका शान्ति ठटाललाई जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको छ ।

गुठीमा दर्ता भएका १ सय ५१ पुस्तकमध्येबाट उत्कृष्ट ७ पुस्तक छानिदा बाँनियाको ‘महारानी’ मदन पुरस्कारको लागि योग्य ठहरिएको हो ।

विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सै धर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, शारदा शर्माको ‘यात्रामा’, योगी धर्ममहारसको ‘महारसनिघण्टु’ र ललित विष्टको ‘मोहपथ’ उत्कृष्ट ७ को मनोनयनमा परेका थिए ।

चार लाख राशीको मदन पुरस्कारका लागि काबिल उपन्यास ‘महारानी’ का लेखक बाँनियालाई बधाई ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको