६ आश्विन २०८०, शनिबार

काठमाडौंमा ७३७ सहित देशभर १३२५ कोरोना सङ्क्रमित थपिए



४ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा ७ सय ३७ सहित आइतबार देशभर थप १३ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी उपत्यकामा ७३७ सङ्क्रमित थपिएका हुन् । आज काठमाडौं उपत्यकामा मात्रै ६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत ९ सय ६६ जना सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमितको संख्या १७ हजार ४ सय ४८ छ । जम्मा सङ्क्रमित संख्यामध्ये निको हुने दर ७२ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशभरका विभिन्न प्रयोगशालमा ९ हजार ५ सय ८४ जनाको पिसिआर परिक्षण भएको छ । प्रवक्ता गौतमका अनुसार हालसम्म ९ लाख १४ हजारको पिसिआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको