३ आश्विन २०८०, बुधबार

१ घण्टामा विश्वको जुनसुकै कुनामा पुग्ने जहाज बनाउने चीनको घोषणा



४ असोज, काठमाडौं । चिनियाँ स्पेस बैज्ञानिकहरूले १ घण्टामा अमेरिका मात्र होइन संसारको जुनसुकै कुनामा पनि पुग्न सकिने जहाजहरू बनाउने घोषणा गरेका छन् ।

यो प्लेन प्रतिघण्टा ६ हजार किलोमिटर भन्दा बढि गतिमा उड्ने चाइनाका बैज्ञानिकहरूले बताएका छन् । उनीहरूका अनुसार यो प्लेनको गति ध्वनी भन्दा ५ गुणा बढि हुनेछ ।

चिनियाँ एकेडेमी अफ साइन्सका बैज्ञानिक बाओ उइमिनका अनुसार यसका लागि तीनवटा प्रक्रियाहरू पार गर्नुपर्ने छ । सन् २०२५ सम्म यी क्षेत्रमा महत्वपूर्ण विकास गरिसक्नु पर्ने उनले बताए । सन् २०३५ सम्म हजारौं यात्री र कार्गाे यस माध्यमलाई प्रयोग गरिसक्नेछन् ।

बाओ उइमिनले भने, ‘सन् २०४५ सम्म यो माध्याम निकै परिपक्व भइसकेको हुनेछ । त्यसबेलासम्म हजारौ संख्यामा यस्तो द्रूत गतिका जहाजहरू उडीसकेको हुनेछन् र दशौं हजार यात्रुहरू यस माध्यमबाट यात्रा गरिसकेका हुनेछन् । उनले यसका लागि हाइपरसोनिक उडान प्रविधि र पुनः प्रयोग गर्न सकिने रकेट प्रविधि मार्फत् यो सम्भव हुने कुरा ग्लोबल टाइम्सले बताएको छ ।

चीनले पछिल्लो अबधिमा प्रविधिको क्षेत्रमा द्रूत विकास र उच्च सफलता हासिल गरिरहेको छ । ५ जी प्रविधि, सबैभन्दा छिटो कुद्ने रेलहरू, आर्टिफिसियल इन्टेलिजेन्ट, रोवोर्ट विज्ञान, मिसाइल र स्टिल्थ फाइटर, संसारकै विशाल टेलिस्कोप लगायत थुप्रै क्षेत्रमा ठूलो सफलता हासिल गरिसकेको चीनले हेर्दा हेर्दै सबैभन्दा छिटो उड्ने जहाज निर्माण गरेमा अचम्म हुनेछैन ।

अमेरिका र चीनबीच प्रविधि र ब्यापार युद्ध चलिरहेको छ । राष्ट्रपति सिले अघि सारेको अवधारणा ‘मेड इन चाइना २५’ अमेरिका र चीनबीच तनाव हुने महत्वपूर्ण कारण मानिन्छ । यो ब्यापार र प्रविधि युद्धबीच चीन संसारका महत्वपूर्ण प्रविधिमा छिटो भन्दा छिटो आत्मनिर्भर हुन आह्वान गरिरहेको छ । अमेरिका र चीन बीचको तनावका कारण पनि चीन यस क्षेत्रमा छिटो भन्दा छिटो सफलता हात पार्न लागिपर्न सक्दछ ।

(स्रोत : ग्लोवल टाइम्स् र साउथ चाइना मर्निङ पोष्टको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको