१३ कार्तिक २०७७, बिहीबार

नेपाली रेलको भित्री र बाहिरी स्वरूप तस्बिरमा



३ असोज, काठमाडौं । नेपाल सरकारले किनेको दुई सेट रेल र ४ सेट इन्जिन (शुक्रबार) नेपाल आइपुगेको छ । रोचक र खुसीको कुरा केछ भने यो रेलको बाहिरी भागमा हाम्रो राष्ट्रिय झण्डाको (निलो र रातो) रङ प्रयोग गरिएको छ ।

लामो समयदेखि बन्द रहेको नेपालको एकमात्र रेल सेवा पुनः सुचारू हुने भएको छ । रेल संचालनका लागि प्राय सबै संरचनाहरू निर्माण भइसकेकाले बाँकी प्राविधिक तयारी समयमै पुरा भएमा १ महिनापछि रेल सञ्चालनमा ल्याउन सकिने रेल विभागले जनाएको छ ।

भारतको जयनगरदेखि जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरसम्म चलाउने योजना सरकारको छ । यही रेलमार्गलाई बर्दिवासमा पूर्व पश्चिम रेलमार्गसँग जोडेर ४ वर्षभित्र निजगढसम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्य सरकारले तय गरिसकेको छ ।

(यी तस्बिरहरु रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट लगिएको हो)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु