३ आश्विन २०८०, बुधबार

कोरोना महामारी नियन्त्रणमा उराठलाग्दो होइन, उत्साहजनक काम भएको छ : प्रधानमन्त्री ओली



३ असोज, काठमाडौं । कोरोना महामारीमा सरकारले कामै गरेन भनेर डिलमा बसेर आलोचना गर्नेहरूको विश्वास नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । संविधान दिवसका अवसरमा टुँडिखेलमा ओयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणमा सरकारले उत्साहजनक काम गरेको बताएका हुन् ।

कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको गुनासो गर्नेहरूप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘महामारीको नियन्त्रणका लागि सरकारले चालेका कदमको प्रतिफललाई हेर्ने हो भने तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छ ।’

कोरोना भाइरसको प्रभाव देखिनुपूर्वको कमजोर अवस्था र अहिलेको उपचार र पूर्वाधारको क्षमतामा आकाश जमिनको फरक रहेको प्रधानमन्त्रीले दाबी गरे ।

महामारी नियन्त्रणका लागि सरकारले हाँसिल गरेका उपलब्धिहरूबारे संक्षिप्त जानकारी दिदै उनले भने, ‘९ माघ २०७६ मा कोरोनाको पहिलो केस पहिचान हुँदा पिसिआर परिक्षणको लागि नमूना विदेश पठाउनु परेको थियो । अहिले देशभर ४७ आरटी–पिसिआर परिक्षण प्रयोगशाला सञ्चालनमा छन् ।’ अहिले परिक्षणको क्षमता दैनिक २३ हजार ५०० भन्दा माथि रहेको भन्दै जनसंख्याको कम्तिमा २ प्रतिशत पिसिआर परिक्षण गर्ने अनुमानित प्रतिबद्धता समेत पुरा भएको प्रधानमन्त्रीले बताए ।

आइसियू बेड क्षमता १५५१ बाट २६०० र भेन्टिलेटर ७७० बाट ९०० पुर्याइनुलाई उपलब्धिको रूपमा हेरिनुपर्ने उनले बताए । ‘पहिला जिल्ला अस्पताल रहेका स्थानीय तहमा मात्रै सिमित अस्पताल सेवा बृहत्तर बनाइएको छ ।’ उनले भने, ‘अहिले जिल्ला अस्पताल नभएका बाँकी ६४९ स्थानीय तहमा पनि ५ बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको छ ।’

प्रधानमन्त्री ओलीले अख्तियार दुरूपयोग, भ्रष्ट्राचार र अनियममितता नियन्त्रण चुनौतिपूर्ण रहेपनि त्यसको निरूपणका लागि आफु कठोर हुने बताए । उनले भने, ‘भ्रष्ट्राचार गर्दिन, गर्न दिन्न र भ्रष्ट्राचारविरूद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ’ भन्ने विचारलाई बोलीमा मात्रै होइन व्यावहारमा पनि कार्यन्वयन गर्न कटिबद्ध छु ।’

तथापी, भ्रष्ट्राचार नियन्त्रणमा सरकारका जिम्मेवार निकायहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । बितेका दुई आर्थिक वर्षमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ७९२ केसहरूमा मुद्दा चलाएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाविरूद्ध ३१ अर्ब ५ करोड भन्दा बढिको बिगो दाबीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको छ ।’ सरकार भ्रष्ट्राचारविरूद्धको शुन्य सहनशिलताको नीतिमा अडिग रहेको समेत प्रधानमन्त्रीको दाबी थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको