लिपुलेक विवादपछि प्रधानमन्त्री ओली र मोदीबीच पहिलो फोन वार्ता
३१ साउन, काठमाडौं । लिपुलेक विवाद पछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच पहिलो पटक फोन वार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले शनिबार ओलि र मोदीबीच फोन वार्ता भएको बताए ।
आजै प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्र भारतको ७४औं स्वतन्त्रता दिवसका आवसमा ट्वीटरमार्फत बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच भएको करिब ११ मिनेटको फोन सम्वादमा नेपाल–भारतबीच देखिएका समस्याहरु समाधान गर्न दुइपक्षीय छलफल अगाडी बढाउने सहमती भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आजै पूर्वप्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि ट्वीटरमार्फत् प्रधानमन्त्री मोदी र भारतीय जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेकय छन् ।