जोसेफको संगीत र सत्य-स्वरुपको गायकीमा ‘जङ्गे पिल्लर’ सार्वजनिक
७ असार, काठमाडौं । लोकप्रीय गायक सत्य–स्वरुपराज आचार्यको स्वरमा राष्ट्रिय अखण्डता र सार्वभौमिकताको भाव समेटिएको गीत ‘जङ्गे पिल्लर’ सार्वजनिक भएको छ । जोसेफ शाही अफिसियल युट्युव च्यानलबाट बुधबार गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
गीतको शब्द रचना र संगीत जोसेफ शाही ठकुरीले तयार गरेका हुन् । उदयराज पौडेलको संगीत संयोजन र किशोर थापाको ध्वनी सम्पादन रहेको गीत ए–वन म्युजिसीयन स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको लिरिकल भिडियो सम्पादन र पोस्टर डिजाइन विष्णु खड्काले गरेका हुन् ।
वर्षौँदेखि बल्झिरहेको नेपाल–भारतबिचको सीमा समस्या समाधानको विषय प्राथमिकताका साथ गीतमा उठाइएको छ । सुस्ता, कालापानी, लिम्पीयाधुरा र लिपुलेकलगाएतका भूमिमा भारतीय हस्तक्षेप बन्द गरिनुपर्छ, सीमा क्षेत्रका जङ्गे पिल्लरहरु सार्ने, तोडफोड गर्ने विस्तावादी प्रवृत्ति कुनै पनि हिसाबमा सैह्य छैन भन्ने सन्देश गीतले दिएको छ ।
गीतको भिडियो हेर्नुहोस्ः