९ आश्विन २०८०, मंगलवार

कुमार रेग्मीको शब्द र जोसेफ शाहीको स्वरमा ‘कता हिँडेकी’ सार्वजनिक (भिडियोसहित)



२९ जेठ, काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरीको ‘कता हिँडेकी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक शाहीको आफ्नै युट्युव च्यानलबाट आइतबार गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा कुमार रेग्मीको शब्द रचना, हरी लम्सालको संगीत र फणिन्द्र राइको संगीत संयोजन रहेको छ । पर्पल स्टुडियोमा रेकर्डिङ्ग गरिएको गीतको ध्वनी सम्पादन सुमन खड्काले गरेका हुन् ।

गीतको भिडियोमा टिकटकबाट चर्चामा आएकी मोडल मिस पवी, मिस्टर नेपाल आइकनका विजेता विनायकराज पोखरेल, कुमार रेग्मी र सचिन गौतम लगाएतको अभिनय हेर्न सकिन्छ । उत्तम हुमागाईँको छायाँकन र विष्णु खड्का सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

‘कता हिँडेकी’ नेपाली लोक शैलीलाई आधार बनाएर तयार गरिएको आधुनिक गीत हो । एकजना युवकले आफुलाई मन परेकी युवतीलाई आफ्नो बसमा पार्न अनेकौं भावना अभिव्यक्त गरेको कथा गीतमा समेटिएको छ । अपराध अनुसन्धान महाशाखामा कार्यरत युवतीले माया गरेजस्तो गरी लागु औषध कारोबारमा संलग्न उक्त युवकलाई कानुनी दायरामा ल्याएको सन्देश भिडियोमा दिइएको छ ।
गीतको भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको