३ आश्विन २०८०, बुधबार

विपन्न तथा दलित समुदायलाई दशैं भत्ता




सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले विपन्न तथा दलित समुदायलाई प्रति घरधुरीलाई हरेक वर्ष दुई हजार पाँच सय रुपियाँ दशैं भत्ता उपलब्ध गराइने हो ।
कार्यविधि बनाएर विपन्न तथा दलित परिवारलाई दशैं भत्ता उपलब्ध गराउने नीति बनाएको छ ।
गएको दशैंमा पालिकासँग दलित घरधुरीको तथ्याङ्क नभएकोले उक्त समयमा दशैं भत्ता उपलब्ध गराउन नसकिएको नगर प्रमुख विष्णु कुमार भामले बताए । ‘अहिले पालिकाले दलित तथा विपन्न परिबारको घरधुरीको लगत सङ्कलन गरेर भत्ता दिने तयारी गरेको छौं ।’ उनले भने,‘लाभग्राहीहरुको बैंकमा खाता खोलिसकेको छ ।’
पालिकाको लेखा शाखाले दशैं भत्ता बापत लाभग्राहीको खातामा रुपियाँ भुत्तानीको दिने तयारी गरिएको नगर प्रमुख भामले जानकारी दिए । ‘गाँस, बास समान अधिकार भएकाले पालिकाका दलित तथा विपन्न समुदायको जग्गा कम भई उत्पादनमा कमी आएको छ ।’ उनले भने,‘आम्दानीको अवस्था पनि कमजोर हुने भएकाले दलित तथा विपन्न समुदायलाई खाद्यान्न सामग्री खरिद गर्नमा सहजता होस भन्ने उद्देश्यले दलितलाई दशैं भत्ता उपलब्ध गराउन लागिएको हो ।’
नगरमा १ हजार २ सय ५६ दलित तथा विपन्न समुदायको घरधुरी रहेको नगरपालिकाको नतथ्याङ्क छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको