३ आश्विन २०८०, बुधबार

लुम्बिनीमा नयाँ सरकार गठनका लागि दाबी पेस




काठमाडौ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस भएको छ ।

कांग्रेस, माओवादीसहितको आठ दल र एक स्वतन्त्र सांसद गरी ५३ जनाको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारको नेतृत्वका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी गरेका हुन् ।

एमाले नेतृत्वको सरकार ११ चैतमा ढलेपछि प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा नयाँ सरकार बनाउने गरी आह्वान गरेका थिए  । सो समयावधि आज अपराह्न ४ बजे सकिँदैछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको