२ आश्विन २०८०, मंगलवार

समाज रुपान्तरणमा युवाहरुको अंह्म भूमिकाः उपाध्यक्ष शाही




सुर्खेत । कर्णाली योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले युवाहरु समाज रुपान्तरणका लागि अंहम् भूमिका रहेको बताएका छन् । मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरन्डेक, नेपाल) कालीकोट र ग्रामिण हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैविक विबिधता संरक्षण(शुलभ) परियोजनाको आयोजनामा कर्णाली प्रदेश स्तरीय युवा सञ्जाल बैठक तथा अन्र्तक्रिया कार्यक्रम सम्बोधन गर्दै उपाध्यक्ष शाहीले समाजका भएका असमानता हटाउन पनि युवाहरुको भूमिका निकै ठुलो रहेको बताएका हुन् ।

युवाले समाजमा परिवर्तनका लागि कुनै न कुनै नयाँ कामको थालनी गर्नुपर्ने उपाध्यक्ष शाीले बताए । ‘युवाले समाज रुपान्तरणको काम गर्नु पर्दछ,’ उनले भने,‘समाज रुपान्तरणका लागि युवाहरुको अहम् भूमिका रहेको छ ।’

युवाहरुलाई उद्यमशिलता लैजान आज आवश्यक रहेको त्यसका लागि कर्णाली योजना आयोगले काम गरिरहेको उपाध्यक्ष शाहीले बताए । ‘हामी युवाहरुलाई स्वदेशमै राजगारी दिने गरि काम गर्न आवश्यक रहेको छ,’ उनले भने,‘युवाहरुलाई कसरी उद्यमशिलतामूलक रोजगारी दिने भन्ने हो ।’

गैसस महासंघ कर्णाली प्रदेशका इन्चार्ज घनश्याम केसीले युवा भनेका समाजका ऐना भएकाले युवाहरुले समाजमा समृद्धीको काममा लाग्नु पर्ने बताए । ‘युवाहरुले राष्ट्र सेवादेखि समाज सेवा गर्नु आजको आवश्यकता हो,’ उनले युवाहरुले देशका लागि केही न केही उदारणिय काम गर्न आवश्यक रहेको छ ।’

गैसस महासंघ कर्णाली प्रदेशका अध्यक्ष हरी अधिकारीले शहरीकरण हुँदै जादाँ समाजमा विकृती र विसंगती पनिसँगै आउने भएकाले त्यसतर्फ युवाहरु सजक हुनु पर्ने बताए । ‘शहरीकरणले आज विकास मात्रै आउँदैन्,’ उनले भने,‘शहरीकरणले विकृती र विसंगती पनि आउने भएकाले यसतर्फ सबैले सजक हुन आवश्यक रहेको छ ।’

गैसस महासंघ कालीकोटका अध्यक्ष वीरेन्द्रबहादुर बुढाले कर्णालीमा विकासमा युवाहरुको अंहम भूमिका भएकाले युवाहरुलाई कर्णाली क्षेत्रको जलवायु परिवर्तन आयआर्जन, उद्यमशिलता क्षेत्रमा समाहित गरेर युवाहरुलाई संगठित समाजमा केही राम्रो काम गर्नका लागि आवश्यक रहेको बताए । ‘हामी युवाहरुलाई वातावाणीय क्षेत्रसँग लगाएतका अन्य क्षेत्रसँग आयआर्जन सीपमूलक क्षेत्रमा काम गराउने लक्ष्य राखिएको छ,’ उनले भने,‘हामीले युवाहरुलाई कसरी आत्मनिर्भर बनाउने भन्ने लक्ष्य राखेका छौं ।’

युवाहरुले समाजमा सकरात्माक सन्देश दिन आवश्यक रहेको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले बताए । ‘युवाले समाज सकारात्माक सन्देश प्रवाह गर्न आवश्यक रहेको छ,’ उनले भने,‘त्यसका लागि युवाहरुले अहंम् भूमिका खेल्नुपर्छ ।’

युवाहरुलाई राम्रो क्षेत्रमा काम गर्न प्राहोत्सान गर्नका युवा सम्मेलनको आयोजना गरिएको बैठक तथा अन्र्तक्रिया कार्यक्रमका सभापति पनि रहेको हुरुन्डेक कालीकोटका उपाध्यक्ष दीलिपकुमार शाहीले बताए । ‘हामीले विकासको दिगोपनासँग जोडेर युवा सम्मेलन गर्न लागेका हौं,’ उनले भने,‘देश विकासमा हामी युवाहरुको महत्वपूर्ण भूमिका रहेको छ ।’

मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरन्डेक, नेपाल) कालीकोट र ग्रामिण हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैविक विबिधता संरक्षण(शुलभ) परियोजनाको आयोजनामा कर्णाली प्रदेश स्तरीय युवा सञ्जाल बैठक तथा अन्र्तक्रिया कार्यक्रम शुरु भएको छ ।

कर्णाली प्रदेशका १० जिल्लाका युवाहरु संग्लन रहेको बैठकमा नयाँ कार्य समिति चयन गर्नुका साथै वातारणीय प्रभाव मुल्याङ्कन, युवाहरुको सक्रियतामा समाजमा रहेका विसगती, विकृती र युवा सहभागितामा रोजगारीमूलक क्षेत्रको काममा अन्र्तक्रिया बैठक नयाँ निर्णय गर्ने अायोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको