कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीले बुझाए राजीनामा
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री बनेका तीनजनाले मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री शर्मासामु एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका हुन् ।
केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरणअनुसार नेकपा एमाले तीन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो । चैत्र १७ गते शर्माले पुनः विश्वासको मत लिँदा राप्रपाबाहेकका दलले विश्वासको मत दिएका थिए ।
माओवादी केन्द्र र एमालेबीचको सहमतिअनुसार गठन भएको सरकारबाट एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने निश्चित भएको छ ।