९ आश्विन २०८०, मंगलवार

चैते दशैंमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिने




सुर्खेत । चैते दशैंमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले राम नवमी(चैते दशैं)को अवसरमा चैत १६ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत २९ गतेको निर्णयानुसार सार्वजनिक विदा दिइएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए ।
प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको