३ आश्विन २०८०, बुधबार

उद्योग व्यवसायी संघको अध्यक्षमा शाही




सुर्खेत । उद्योग व्यवसायी संघ सुर्खेतको प्रथम जिल्ला अधिवेशनले धीरेन्द्रबहादुर शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । संघको चैत्र ११ र १२ गते भएको अधिवेशनले शाहीको अध्यक्षता १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्ष लोकेन्द्रबहादुर थापा, वाणिज्य उपाध्यक्ष पारस विष्ट, उद्योग उपाध्यक्ष गोरख वि.क, महिला उपाध्यक्ष चन्द्रा कार्की, महासचिव खगेन्द्र पुलामी मगर, सचिव नरबहादुर विक, कोषाध्यक्ष अनिल शाही चयन भएका छन् ।
सदस्यहरुमा तेजबहादुर सिंह, जंगबहादुर विसी, प्रेमबहादुर श्रेष्ठ, दिपेन्द्र गैरेल, ललित सुनार, जनक विष्ट, पदमा देउवा, बेलमति नेपाली, खिमब वलि रहेको छन् ।
सुर्खेत जिल्ला भरिबाट उपस्थिती रहेको भेलालाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता र संघका अध्यक्ष ओमप्रसाद पौडेलको अध्यक्षतामा शुभ होटेल सुर्खेतमा सम्पन्न भएको हो ।
कर्णाली प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण जि.सि, उद्योग व्यापार महासंघका केन्द्रिय उपाध्यक्ष प्रवल शाही र केन्द्रिय सचिव सुर्य थापा (विक्रम) को समेत उपस्थिति रहेको संघका महासचिव खगेन्द्र पुलामी मगरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको