परराष्ट्रमन्त्री भन्छन् : ‘कानुनले नै कुलमानको पुनः नियुक्ति गर्न दिदैन’
३ असोज, काठमडौं । गत भाद्र २८ गते ४ वर्षे कार्यकाल सकिएर विदा भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिको लागि सडकमै नाराबाजी भइरहेको छ । तर सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालिले भने कानुनले नै कुलमानलाई पुनःनियुक्ति गर्न नदिने बताएका छन् ।
प्रेस संगठन वुटवलले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालिले यस्तो धारणा राखेका हुन् । उनले भने, ‘घिसिङप्रति सरकार सन्तुष्ट भएपनि कानुनले नै उनलाई पुनःनियुक्ति गर्न दिदैन ।’
‘कुलमानलाई नै प्राधिकरणमा दोहोर्याउने भएपनि नयाँ कानुनअनसार अघि बढ्नुपर्छ ।’ मन्त्री ज्ञवालिले भने, ‘यसबारे सरकारले आन्तरिक छलफल गरिरहेको छ ।’ नयाँ नियुक्ति गरिए पनि मुलकको हित र कार्यक्षमतालाई उच्च प्राथमिकतामा राखिने मन्त्री ज्ञावालिले बताए ।
एकातिर कुलमानको पक्षमा जनदवाव सिर्जना भइरहेको अवस्थामा सरकारले प्राधिकरणमा कुलमानलाई नै दोहोर्याउला कि अरू कसैलाई भित्र्याउला भन्ने सर्वत्र चासोको विषय बनेको छ ।