९ आश्विन २०८०, मंगलवार

सिंहदरबारमा माओवादी र जसपा नेताहरुको छलफल सुरु



११ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ ।

भेटमा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी छन् ।

जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् । स्रोतका अनुसार उनीहरुबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुदैछ ।

यसअघि बिहीबार नै माओवादी र एकीकृत समाजवादीका नेताहरुबीचा भेट भइसकेको छ । बिहीबार नै माओवादी, जसपा र एकीकृत समाजवादीबीच अर्को छलफल तय भएको नेताहरुले बताएका छन् । साँझ ६ बजे माओवादी, जसपा, एकीकृत समाजवादीले कांग्रेससँग छलफल गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको