सर्वसम्मति बिना पदलोलुप देखिएर राष्ट्रपति बन्दिनँः नेपाल
११ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मति भए मात्र आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् ।
बिहीबार माओवादी संसदीय दलको कार्यालयमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा उनले पदलोलुप देखिएर राष्ट्रपति नहुने बताएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गत आइतबार राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । बिहीबार माओवादी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा पनि यस विषयमा छलफल भएको थियो ।
प्रचण्डले भने नेता नेपालको प्रस्तावमाथि छलफल गर्ने जवाफ दिएका थिए ।