३ आश्विन २०८०, बुधबार

लेखु सहयात्रीको संगीत र मुना लकान्द्रीको स्वरमा ‘ओ प्रियतम’ सार्वजनिक (भिडियोसहित)



७ फागुन, काठमाडौं । मुना लकान्द्रीको स्वरमा ‘ओ प्रियतम’ बोलको गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर ओएसआर डिजिटलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

लेखु सहयात्रीको शब्द र सङ्गीत रहेको गीतको सङ्गीत संयोजन र मिक्सिङ मास्टरिङ पुरुषोत्तम सुवेदीले गरेका हुन् भने माहोल स्टुडियोमा रेकर्ड भएको हो ।

‘ओ प्रियतम’ गायिका मुना लोकान्द्रीको पहिलो गीत हो । उनी इन्ट्रा फाउन्डेसन नेपालले आयोजना गरेको रियालिटी शोमेरो ‘भ्वाइस कप’की प्रतिस्पर्धी हुन् ।

मायाप्रेमकै विषयलाई पनि फरक किसिमले प्रस्तुत गरिएको गीतमा पुष्प खड्का र अन्जना बराइलीको अभिनय छ । मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् : 


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको